सीडव्लुएस चमार कल्याण समाज मलेसिया शाखाको पहलमा अल्पत्रमा परेका पिडित युवाहरुलाई गरे उद्धार

  • फाल्गुन ११, २०७९
  • ५६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ११ फागुन । रोजगारीको लागि नेपालबाट ऋण लिई एजेन्ट मेनपावरद्वारा मलेसिया आएका यी तल नाम र पासपोर्ट र ठेगाना भएका व्यक्तिहरु (STS SDN BHD) नामक कम्पनी मलेसियाको Selange भन्ने ठाउँमा 11,December 2022 मा ३ लाख लगानी गरेर रोजगारिको सिलसिलामा मलेसिया आएका थिए। पछि कम्पनी आइपुदा केही दिन मात्र कम्पनिले काम गर्न दियो त्यसपछी कम्पनीले काम नै नदिने रुम मै बस्न, बसाउने बाध्य गर्ने झन कम्पनीले रुममा बसाएपछी वहाँहरुको हात मुख जोड्ने खानेकुराहरुको ब्यबस्थापन नगरिदिने र नेपाल पनि नफर्काउने श्रमिकहरुले खानेकुराहरुको व्यवस्था मिलाइदिनु भन्दा तिमीहरु फ्री भिसा फ्री टिकटमा आएको छौं जुनदिन कामको डिमान्ड आउँछ त्यो दिन देखि काममा लगाउछु अहिले चुप लागेर बस भन्दै कम्पनी को लिडर, सुपरभाइजर उल्टै श्रमिकहरु लाई डराउने,ध्म्काउने,हात पात लगाउने जस्ता कार्य गतिबिधी गर्दै आइरहेको आफुहरु माथी भने कुराको जनकारी अल्पत्रमा परेको पिडित श्रमिकरुले जनकारी दिनु भयो।

साथै उक्त बिषयमा पहल गर्दिनु हुनको लागि नेपालबाट बहुजन एकता पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जन र चमार कल्याण समाज मलेसिया शाखाका पुर्ब राज्य ईन्चार्ज नितेश रामको विशेष आग्रहमा चमार कल्याण समाज मलेशिया शाखा सङ्ग्ठनलाई सम्पर्क गरेका थिए । सम्पर्क गरेपछी सङ्ग्ठनका महासचिब राम किशोर महरासँग अल्पत्रमा परेका पिडित श्रमिकहरु सङ्ग कुराकानी भयो। त्यसपछी पिडित ब्यक्किहरुको दु:खदायिक गुनासो सुन्दा मन निकै नै भावुक भएको राम किशोर महराले बताए ।

त्यसपाछि अल्पत्रमा परेका पिडित श्रमिक ब्यक्ती हरुले समस्या आएकोले वहाँहरु को उद्धारगरि सहयोग गरिदिनुभनी चमार कल्याण समाज मलेशिया शाखालाई निबेदन गरेकोले हामिले तत्काल उनको समस्या बुझन र साथै प्रकृया आगाडी बढाउन नेपाली राज दुतावास मलेशिया लाई अनुरोध गरेका थियौ।वहाँ पिडित श्रमिकहरुको हरेक कुरा बुझन को लागि हरेक पलमा दौड,धुप गर्ने चमार कल्याण समाज मलेशिया शाखा केन्द्रका महासचिव राम किशोर महराको भुमिका सबै भन्दा महत्त्वपूर्ण रहेको चमार कल्याण समाज मलेशिया शाखाको सक्रियतामा उद्घार हुँदै गर्दा सबै कुराको प्रक्रियाहरु मिलाए पिडित अल्पत्र मा परेको ब्यक्ति हरुलाइ घरजाने वातावरण मिलाइ दिन रोजगार दाता कम्पनिको बोसलाई निर्देशन दिनु भएको थियो।

मलेसिया राजदुतावास र C.W.S चमार कल्याण समाज मलेशिया शाखा को सहयोगमा STS कम्पनी संग समन्वय गरि पिडित ८ जना मध्ये ४ जनालाइ काम गरेको केही दिनको तलव साथै खानेकुराको खर्च र नेपाल फर्काउने फलाइट टिकेट समेत उपलब्ध गराई नेपाल पठाइयो।

१) अजय कुमार मुखिया~सिरहा

२) रमेश राम~सर्लाही ३) शम्भु महतो नुनिया~महोत्तरी ४) प्रमोद दास तत्मा मलेसियामा कसैले वास्ता नगरेपछि अन्तिम विकल्पको रुपमा चमार कल्याण समाज मलेसिया शाखासगं गुहार मागेको आफुहरुलाई भरपुर सहयोग प्राप्त भएकोमा सारा समाजलाई धन्यबाद दिदै अगामी दिनमा सारा प्रवासी नेपालीहरुको दुखमा मल्हम लगाउने कार्य अझै दुर्त गतिमा बढोस् भनी कामना समेत गर्नुभएको छ।

नेपाली दूतावास मलेशियाले भरपुर सहयोग गरेको छ। यस कार्यमा असली अभिभावकको भुमिका निभाएको दूतावासलाई हामी हार्दिक धन्यवाद भन्न प्रकट गरेका छन।आफनो कामलाई थाती राख्दै डिउटी नभनी अल्पत्रमा परेका ४ चार जना नेपालीहरुको उद्घारमा अहोरात्र खटिने राम किशोर महरा,नन्दलाल राम,राम बाबू महरा,राम सुरेश,राम बाबू राम,उर्जय महरा, भुलावन राम,कमलेश महरा, शंकर महरा,भोगेन्द्र महरा,सुनिल राम, राजु राम, मरेन्द्र राम,बिनोद राम,लगायतका प्रत्यक्ष,अप्रत्यक्ष सहयोग पुर्याउनु हुने चमार कल्याणको सिङ्गो टिम सबैलाई धन्यवाद ज्ञापन गर्दै समस्या अल्पत्रमा परेका पिडितलाई आज बिहिबारका दिन 23, February 2023 मा हिमालय ऐरलाइन्सको बिहानको ३:५० बजेको उडान मार्फत नेपाल पठाइएको रामकिशोर रामले बताए । वहाँका अनुसार भखर वहाँहरु स-कुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिहानको समय ६:१५ बजेमा अवतरण गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सुस्ता गाउँपालिकाको ...

सुरेश यादव,नवलपरासी /२५ मंसिर । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी हिरासतमा रहेक ...

जिरोमाईल हातिढुगा सड ...

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको धनगढीमाई स्थित पूर्व पश्चिम राजमार्गको जिरोमाईलदेखि हातीढुंग ...

सिराहा प्रहरीद्वारा ...

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा अवैध रुपमा लगाईएको गाजा प्रहरीको टोलीले कट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

Copyright © 2016 / 2023 - Sirahatimes.com All rights reserved

Website By : Hash Tech Logic