Siraha Times
ताजा समाचार

विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कालो कर्तुतले सेवाग्राहीलाई सास्ती

  • फागुन ८, २०७९
  • १०८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान/ ८ फागुन । सिराहा सडक खण्डसँग जोडिएको विष्णुपुर गाउँपालिका गाउँकार्य पालिकाको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतको कालो कर्तुतले सेवाग्राही सास्ती खेप्न बाध्य बनेका छन। अधिकृत रविन्द्र कुमार महतले विभिन्न बाहाना बनाई हप्तौंहप्ता बिदामा बस्दा गाउँका सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था छ। आज कर्मचारी अफिस भित्र थिएन , तर पनि भित्र, लेखिएको साइन बोर्ड देखियो । जनतालाई धोका दिने धोकेबाज कर्मचारी जोकोहीलाई सजाय हुनु पर्दछ। जनताको पैसा खाने कर्मचारी सधै उपस्थित हुनु पर्दछ । आज फागुन -८ गते सोमबार करिव ११:४५ बजे अफिसको समयमा कार्यालयमा पुग्दा न त अधिकृत रविन्द्र कुमार महत , न त लेखापाल सहित ३ शाखाका कर्मचारीमा कसैलाई देखिएन ।

यता, सेवा लिन सेवाग्राहीहरु लाइनमा गाउँका असहाय निमुखा प्रतिक्षामा देखिएको थियोे । तर, विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सेवाग्राहीलाई अनुपस्थित भई ठग्ने गरेको देखिन्छ । यो अवस्था विष्णुपुर गाउँपालिकामा मात्र नभई मधेश प्रदेशसहित सिरहाका हरेक स्थानीय तह र सरकारी अड्डाहरुमा हुने गरेको अवस्था देखिन्छ । कर्मचारीहरु सार्वजनिक विदाका दिन बाहेकका दिन पनि कुनै न कुनै बाहाना बिदा लिएकै हुन्छ । तलव खाएकै हुन्छ , तलदेखि माथिसम्म सेटिङ्ग भएकै हुन्छ । यो सँगै विष्णुपुर गाउँपालिकामा विकासको नाममा हरेक तवरले पछि पर्नुको कारण समेत कर्मचारी समयमा नआउनु हो । विभिन्न बाहानामा विदामा बस्नु विकास र समृद्धिमा ठेस पहुँच्नु सरह हो । यस अघि अधिकृत रविन्द्र विष्णुपुर गाउँपालिकामा आएको दोस्रो कार्यकाल हो । तर, विकास केही हुन सकेको छैन । बरु कार्यालय समेत अहिलेसम्म भाडामा चलिरहेका छन।

अधिकृत रविन्द्र कुमार महत पालिकाको हरेक कामकाज सेटिङ्गमा गर्ने गरेको अधिकाँश गुनासोहरु रहेका छन्। टेण्डर ठेक्का देखि लिएर हरेक सानो काममा बिना सेटिङ्ग कलम नचलाउने गरेको एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन्। उनका अनुसार " हाम्रो विष्णुपुर गाउँपालिका हरेक पक्षले पछि परेको छ" जस्तै गुणस्तरीय शिक्षा , सुविधा सम्पन्न अस्पताल , सडक जरजर अवस्था हरेक दृष्टिकोणले पछि परेको बताए । यो सँगै उनलेे " भ्रष्टाचारमा समेत हाम्रो पालिका सर्वोत्कृष्ट रहेको प्रष्टयाएका थिए। उनका अनुसार बाहिर बसेर भित्र हुँ साइन बोर्ड देखाउनु र सेवाग्राहीलाई सास्ती दिने भ्रष्टाचार गर्ने फेरि फेरि फर्केर विष्णुपुर गाउँपालिकामा आउनु भ्रष्टाचार नभई केही हुदैन । अधिकृत महत र लेखापालको बीचमा नसोचे जस्तो भ्रष्टाचार भएको छ। र उक्त विषयमा अख्तियारको छानबिन हुनु अतिआवश्यक रहेको व्यापक जनगुनासो उठेको छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१