धनुषा : एकहप्ता भित्र मागहरू पुरा नभए मिथिला बिहारीमा आन्दोलनमा उत्रिने जनमत पार्टीको चेतावनी

  • माघ ५, २०७९
  • ७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ स्थित कजरा रमौल अन्तर्गत पर्ने श्री.जनता माध्यमिक विद्यालय महिनौं देखि विद्यालय बन्द रहेको छ ।विधालयमा पठनपाठनका लागि पूर्ण रूपमा सूचारु हुनुपर्यो र एकहप्ता मागहरू भित्र पुरा नभए मिथिला बिहारीमा आन्दोलनमा उत्रिन बाध्य हुने जनमत पार्टीले चेतावनी समेत दिएका छन् । शिक्षक र केही तानाशाही प्रवृत्ति मानिसहरूको लापरवाहीको कारणले गर्दा विद्यालयमा भौतिक संरचना देखि लिएर पठन -पाठनमा आर्थिक हिनामिना र विद्यार्थीहरूमा पर्न गएको नकारात्मक असर विद्यालय जिगो अवस्थामा पुगेको भन्दै जनमत पार्टीले वडा अध्यक्ष बिजय कुमार यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।

त्यहाँको बिधार्थी ,जनताहरुले पटक-पटक खबरदारी गर्दा पनि अहिलेसम्म केही सुनुवाई भएको छैन र कुनै निकाय बाट तसर्थ जनमत पार्टी जनताको हकहित र भ्रष्टाचारमुक्त समाज निर्माणको पक्षमा रहने सो पत्रमा उल्लेख गरिएको छ । महिनौं देखि विद्यालय बन्द भएको पठनपाठन पूर्ण रूपमा सूचारु हुनुपर्यो, अनुपस्थित भएरहेको २ शिक्षक केहीदिनदेखि उपस्थित हुनुपर्यो ( त्यसको कारणसहित दिनुपर्छ), विद्यालयबाट केही सामग्रीहरु चोरी भएको त्यसलाई पत्ता लगाउनु र छानविन समिति गठन गर्नुपर्यो चोरी भएको सामग्रीहरू ( computer, projector, tape recorder, etc),, विद्यालय वर्षो देखि नभएको हरहिसाब हरहिसाब दिनुपर्यो, विद्यालय वर्षो देखि नतिरेको बिजुली छिट्टै तिर्नुपर्यो, science Lab मा भएको आर्थिक हिनामिना भएको छानबिन गरियोस र हिनामिना गर्ने माथि कारबाही हुनुपर्छ, विद्यालयको व्यवस्थापन समिति बिहिन भएको विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्छ उनीहरूले आफ्नो माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१