ताजा समाचार

कानुन मन्त्री ध्रुव वहादुर प्रधानले गरे मधेस आन्दोलन सहिदको अपमान

  • माघ ५, २०७९
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / ५ गते । पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नं ०२ बाट निर्वाचित कानुन मन्त्री ध्रुव वहादुर प्रधानले आज सदनमा मधेस आन्दोलनमा सहिद भएका सहिदको अपमान गरेका छन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचनमा मतदान अघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए । मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नं ०२ बाट निर्वाचित कानुन मन्त्री ध्रुव वहादुर सहित केही नेता भने उठेनन्, तर राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगाएतका केही नेता भने उठे । यसरी मधेशबाट मत प्राप्त गरी विजयी भएका पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नं ०२ बाट निर्वाचित सांसद तथा कानुन मन्त्री ध्रुव वहादुर प्रधानले आज सदनमा मधेस आन्दोलनमा सहिद भएका सहिदको अपमान गरेको भन्दै नवलपरासीमा विरोध सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤