मेरी क्रिसमस’ मा यसरी झुम्यो काठमाडौं

  • पुस १०, २०७९
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं । नेपालमा धर्म परिवर्तन र ‘क्रिश्चियानिटी’ का विषयमा चर्को बहस भइरहेकै छ । तर, आइतबार राजधानीमा क्रिसमस मनाउनेहरुको उल्लेख्य उपस्थिति एवं उत्साहलाई हेर्दा अब ‘क्रिश्चियानिटी’को प्रभाव नेपालीहरुको जीवनशैलीमै रुपान्तरित हुन थालेको महसुस गर्न सकिन्छ। क्रिसमसका अवसरमा हरेक वर्ष राजधानीमा विशेष चहल-पहल हुँदै आएको छ । खासगरी युवायुवतीहरु यसको रौनकमा रमाउने गरेका छन् । क्रिसमसमा क्रिश्चियनहरुमात्रै नभएर गैर क्रिश्चियनहरु पनि रम्ने गरेको पाइन्छ । विशेषगरी हिन्दु समुदायका वालवालिकाहरुको मनोरजनका लागि समेत उनीहरुका अभिभावक विभिन्न मल र सपिङ सेन्टरहरुमा पुग्ने गर्छन् ।

Open photo

यो वर्षको क्रिसमसमा पनि युवायुवतीले शहरको चोकदेखि सपिङ मलहरुमा आयोजित कार्यक्रमहरुमा खुलेर भाग लिए । सामाजिक सञ्जालमा क्रिसमसको शुभकामना दिनेहरुको लर्कोसँगै सडक र चोकहरूमा क्रिसमसको फेशनले शहर नै रंगीन देखियो । यस्तो लाग्छ, क्रिसमस धेरैजसो शहरिया युवायुवतीको जीवनशैली नै बनिसकेको छ । कतिलाई सामाजिक सञ्जालमा हुने फोटो सेसनको मोहले क्रिसमसमा जोडेको देखियो भने कतिलाई सपिङ मलमा आयोजित सांगीतिक कार्यक्रमले तानेको पाइयो । जुन बहानामा भए पनि शहर ‘क्रिसमस कल्चर’ भित्रिएको यी तस्वीरहरुले राम्रैसँग संकेत गरेको छ । केपी ओली नेतृत्वको सरकारले क्रिश्चियन समुदायलाई मात्रै विदा घोषणा गरेकोमा गृहमन्त्रालयले शनिबार अबेर सबै सरकारी कार्यालयहरुमा सार्वजनिक विदाको घोषणा गरेपछि सत्रैलाई क्रिसमसमा रम्ने अवसर प्राप्त भएको हो ।

Open photo

यसैवीच सार्वजनिक विदा घोषणा गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड र दलका नेताहरु सबैले क्रिसमसका अवसरमा औपचारिक शुभकामना मन्तव्य व्यक्त गरेसँगै यो पर्व नेपालीहरुको राष्ट्रिय पर्वजस्तै देखिन पुगियाे त्यसो त क्रिसमस मनाउनेहरुले ईश्वरीय मिथक एवं अलौकिक मान्यतालाई कति अवलम्बन गरे या, सेल्फी खिच्ने मोहले मात्रै यसमा सहभागिता जनाए भन्ने चाहिँ छुट्याउन गाह्रो छ । शायद धर्मगुरु पोपले ठीकै भनेका हुन्-भौतिकवाद र व्यापारले क्रिसमसको अर्थ धुमिल बनायो ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१