Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टीको विवाह पंञ्चमी मेलामा झडप १ घाइते

  • मंसिर १२, २०७९
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान / १२ मंसिर । सिराहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ ईटहर्वामा श्रीराम जानकी विवाह पंचमी सँगै बैयल गाडा प्रतियोगिता सम्पन्न भएको छ। सो विवाह पंचमी बैल गाडा प्रतियोगितामा प्रतियोगी प्रतियोगी बिच झडप हुँदा १ जनाको टाउको फुट्ने गरि झडप भइएको बताइएको छ। विवाह पंचमी मेलामा झडप सखुवानन्कारकट्ठी वडा न. ५ मा विवाह पंचमी मेला आयोजितमा बैलगाडी तथा घोडा रेस हुदै आईरहेमा प्रथम, दित्तीय, तृतीयलाई उचित पुरस्कार दिने चलन प्रत्येक वर्ष छ । त्यसै क्रममा आज मंसिर १२ गते तेस्रो स्थानमा रहेको बैलगाडीलाई चौथो स्थानका पक्षले तेस्रो स्थान लाई पराजित गर्न विभिन्न बाधा अबरोध गरि अन्तिममा तेस्रो स्थानमा रहेको चालकलाई टाउकोमा लठ्ठीले हानी टाउको फुटाई घाइते बनाएका छन । मुकेश यादवका अनुसार घाइतेको नाम ईन्द्र देव यादव घर मल्हनियाँ सप्तरी बलानबिहुल गाउँपालिकामा रहेको बताए । घाइते बनाउने व्यक्ति महेन्द्र यादव लगायत उनको साथीहरू सप्तरीको बोदेबर्साईन नगरपालिका महनौरी डेबारी महेन्द्र यादवलाई पिडित पक्षले प्रहरीलाई जिम्मा लगाउदा प्रहरीले नै भगाईदिऐको पडित पक्षको आरोप लगाएका छन झडपमा भएका घाइते इन्द्रदेव यादवलाई उपचारका लागि लहान पठाइएको ईलाका प्रहरी कार्यालयका सव इन्सपेकटर (स.ई) ललन कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१