Siraha Times
ताजा समाचार

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर ११, २०७९
  • १६३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर ११ । ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मिति २०७९।०८।०९ गते जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मुक्ति नेपाल गोलबजार सिरहा, औरेक नेपाल, समग्र जनउत्थान केन्द्र लहान सिरहा, अपाङंता नगर समिति, दलित जनकल्याण युवा क्लव, बृद्ध महिला बचत सहकारी संस्था र अस्थाई प्रहरी पोष्ट कसहा सिरहाको संयुक्त आयोजनामा धनगढीमाई नगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौधरी ज्युको अध्यक्षतामा अस्थाई प्रहरी पोष्ट कसहा सिरहाका प्रहरी सहायक निरिक्षक दुर्गा प्रसाद यादव तथा प्रहरी जनशक्तिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानिय समुदाय तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । " सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान " भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न सचेतनामुलक प्ले कार्ड सहित करीब ५५ जनाको उपस्थितिमा “३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभातफेरी कार्यक्रम” गरिएको, थियो । कसहा चोकबाट र्याली निकाली बजार एरिया परिक्रमा गरी सोही स्थानमा गई कोण सभामा परिणत भई उक्त कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१