धनगढीमाईमा दुबो खेतीको शुरुवात स्थानिय हर्षित

  • मंसिर १, २०७९
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर १ । सिरहाको धनगढीमाई १२ मा फूल र दुबो खेती शुरु भएपछि स्थानिय खुशी भएका छन् । स्थानिय ठटीयामा करिब ४ बिगाहा जग्गामा दुबो खेती एकातिर शुरू गरिएको छ भने अर्कोतिर १ बिगाहा जग्गामा सयपत्री फूलको खेती शुरु भएपछि स्थानिय करिब २० जनाले एक वर्षदेखि रोजगारी पाएका छन् । स्थानिय गाउँको पूर्व सरे खोलाको किनार समीपमा रहेको वर्षौं देखिको बाझो जग्गामा ऋतु नर्सरीका संचालक शिव प्रसाद पोखरेलले दुबो खेती शुरु गरेपछि स्थानियले रोजगारी पाएका छन् । जग्गाको पक्षीम छेउमा बोरिङ गाडेर पानीको ब्यबस्थापन गरेपछि उक्त बाँझो जग्गामा खेती थालिएको गायत्री ढकालले बताउनु भएको छ । आफूलाई फूलको लागि ठूलो अफर आएको अवस्थामा करिब 300 केजी हालसम्म बिक्री गरेको र आफूसँग प्रयाप्त फूल रहेको नर्सरी सञ्चालकले बताउनु भएको छ । खेती थालेको शुरुवातमै आफूलाई फूल र दुबो बाट आम्दानी हुन् थालेको बताउदै हालसम्म आफूसँग भएको दुबो सबै बिक्री भएको छ भने नयाँ दुबो मंसिर ५ गतेदेखि बिक्री हुने समेत जानकारी गराउनु भएको छ । स्थानिय स्तरमा धार्मिक कार्यहरूमा फूल र दुबो यहीबाट बिक्री वितरण हुँदा आफूहरुलाई छोटो समयमा आवस्यकता पूरा हुने गरेको स्थानिय प्रदीप दाहाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

लहानमा मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१