Siraha Times
ताजा समाचार

वैवाहिक जीवनका शुरुवातमा नेहा चौधरीका पीडा

  • कार्तिक ३०, २०७९
  • ११६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३० । उनी भन्छन् " मेरो बिहे भएको ८ महीना भयो Dr.Pankaj Chaudhary संग । हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो । मेरो घर औरही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा पर्छ । विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले । म दुःख सुख गरी बसिरहेको थिए । मेरो श्रीमान काठमाडौँमा बस्नु हुन्छ र Grande hospital मा काम पनि गर्नु हुन्छ । मलाई पनि आफैसंग राख्नु भन्ने बित्तिकै मलाई श्रीमानले पटकपटक कुटपिट गर्नु हुन्थ्यो । मलाई श्रीमानले दिएको पीडा सहन नसकेर न्यायको लागि थानामा गए । मलाई गंभीर हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबाले गर्नु भयो । म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए । त्यसपछी थानामा निबेदन दिए । थानामा मेरो श्रीमान ४ दिनपछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म यीनलाई राख्दिन, घर छिर्न दिन्न भन्नू भयो । उहाँ थानामा २ दिन बस्नु भयो । तरपनी पावर लगाएर निस्कनु भो ।

त्यसपछी पनि मलाई अत्याचार भै रहयो सहन नसकेर मैले घरेलू हिंसाको मुदा दर्ता गराए । त्यसपछि वहाले divorce मुदा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन । मलाई अंश दिनू पर्छ डिभोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरीदिनु भयो । मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन । म बिहे गरेको सङै बाच्न मर्नको लागि हो । वहाहरुले मलाई बार बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाई न्याय मिलेन कतै बाट । मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २० तोला, furniture लगायत अन्य सामानको लागि 1crore 25 lakh को खर्च भयेको थियो । विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाई काठमांडूमा घर किन भन्न थाल्नु भाको थियाे । त्यही सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो । घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने वितिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो । कुट्पिट भएर पेटमा चोट लागेको कारण पिसाबद्वारा blood जाना थलेको छ । मैले मेरो सासु ससुरालाई भने तर केही वास्ता गर्नु भएन । मलाई धेरै गारो भाको छ बाँच्न "

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१