Siraha Times
ताजा समाचार

जिरोमाइल विहीबारे सडक निर्माणको प्रक्रिया पूरा

  • कार्तिक २५, २०७९
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २५ । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ को निर्वाचन क्षेत्र रणनितीक सडकको रूपमा रहेको बारियरपट्टी जिरोमाईल सरे आम्बास हाथीढुङ्गा सडकको कालोपत्रे हुने पक्का भएको छ । गत आर्थिक वर्षमा तत्कालीन सिराहा निर्वाचन क्षेत्र नं २ का माननीय सुरेश चन्द्र दासको संसदीय विकास कोषबाट उक्त सडखण्डमा सुधारको लागि सरकारी बजेट विनियोजन गरिएको थियो । करीब दुई वर्षभित्र सडखण्डमा कालो पत्रे गर्ने गराउने नीतिका साथ अगाडी बढाइएको योजना अन्तर्गत २५ करोड रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ । करीब ७ किलोमीटर सडक निर्माणको प्रक्रिया अन्तर्गत वारियरपट्टी गाउँपालिकामा करीब १ किलोमीटर कालोपत्रे हुने त्यसपछि सुखीपुरमा करिब ७०० मीटर कालोपत्रे हुँदै जीरोमाईलको उत्तरी भागबाट बाँकी सडखण्डमा कालोपत्रे हुने सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख रामकुमार देवले जानकारी दिनु भएको छ । उक्त सडखण्ड निर्माणको जिम्मा जय भवानी शाह मकालु सडक निर्माण कम्पनी सर्लाहीले पाएको छ भने टेण्डरको आवस्यक सबै प्रक्रिया पूरा भई प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनाव पछि लगत्तै काम अगाडी बढाइने प्रमूख देवले जानकारी गराउनु भएको छ । सडक निर्माण भएपछि छिमेकी राष्ट्र भारतसंग उदयपुरकाे कटारी र सिरहाको दुर्गम बस्तीहरु सरे, अमले, खुट्टी, गागन लगायतका ठाउँहरुमा सहजता महसूस हुने एकातिर देखिन्छ भने अर्कोतिर स्थानियलाई आवत जावतमा सहजता महसूस हुने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१