Siraha Times
ताजा समाचार

मल्हनियामा स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न

  • कार्तिक १८, २०७९
  • १०२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १८ कार्तिक । सप्तरी बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनिया बरकी टोलमा स्लो बाईक ड्राईभ प्रतियोगिता हिजो सम्पन्न भएको छ । प्रतियोगितामा अभिषेक यादव प्रथम, दिपेन्द्र साफी द्वितीय र सुरेन्द्र कुमार यादवले तृतीय स्थान हासिल गरेका छन् । प्रथम बिजेतालाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नगद ३५ सय, प्रमाणपत्र र मेडल प्रदान गरेको छ । त्यसैगरी द्वितीयलाई नगद ३ हजार, प्रमाणपत्र र मेडल र तृतीयलाई नगद २५ सय, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यसैगरी, क्लबले आयोजना गरेको सांस्कृतिक प्रतियोगिताको पनि पुरस्कार बितरण गरेको छ । कार्यक्रममा डान्सिङमा प्रथम चन्दन कुमार राम, द्वितीय करिना कुमारी, तृतीय प्रदिप कुमार राम भएका छन । बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय , मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ ।

रनिङमा प्रथम सतिस कुमार भदैसवार, द्वितिय उमेश कुमार राम र तृतीय दिपक मुखिया भएका छ्न । बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाको निमित्त अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादव, जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादव, पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत, पुर्व जिसिअ गंगाराम यादव, जसपा नेता अरबिन्द सल्हैता, समाजसेवी दिगम्बर यादव लगायतको रहेको थियो । कार्यक्रमको व्यवस्थापन गजेन्द्र नारायण यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१