Siraha Times
ताजा समाचार

बसबरीया काठमाडौं सेबा समाजद्वारा दिपावली तथा छ्ठ पर्व को शुभकामना आदान प्रदान सम्पन्न

  • कार्तिक १७, २०७९
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष यादव - सर्लाही १७ कार्तिक २०७९ बसबरिया काठमाडौं सेवा समाज द्वारा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रम भब्य रुपमा सप्पन्न भएको छ। उक्त कार्यक्रम सरलाही जिल्ला मा पर्ने बसबरिया गाउँ पालिका मा सम्पन्न भएको हो। उक्त कार्यक्रम को अध्यक्षता बसबरिया काठमाडौं सेवा समाजको अध्यक्ष राजकिशोर राय ले गरेको हो,साथै प्रमुख अतिथिमा बसबरिया गाउँ पालिका अध्यक्ष श्री राम सिघांसन राय यादव र बिशिस्ट अतिथिहरुमा क्रमशःभु.पु महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री श्री बिरेन्द्र प्रसाद सिंह ,संविधान सभा सदस्य किरण देवि यादब ,गाउँ पालिका उपाध्यक्ष सरिता कु.साह,र प्रमुख प्रसासकिय अधिकृत चुन्चुन प्रसाद यादव र अतिथीहरुमा वडा न:१ देखि ६ सम्मको सम्पुर्ण जनप्रतिनिधि हरुको उपस्तिथि रहेको थियो। बसबरिया सेवा समाज को उपाध्यक्ष सीताराम ठाकुर ले सु-स्वास्थ्य तथा दिर्घायु को कामना गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रम को संचालन बसबरिया काठमाडौं सेवा समाज का सदस्य ईन्जिनियर रबिन्द्र यादव ले गरेको थियो। साथै मन्तव्यको क्रममा कार्यक्रम का संचालक इन्जिनियर रबिन्द्र यादवले उक्त संस्था लाई अझै ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनुपर्ने र भविस्यमा यस्तै अनेकौ प्रेरणादायी कार्यक्रम गर्नको लागि हाम्रो समाज अग्रसर रहने बताएका थिए। बसबरिया काठमाडौं सेवा समाज द्वारा छठ ब्रतका दिन यस गा.पा. को वडा-३ मा विभिन्न धार्मिक स्थल छठ घाट,बहुरैया दाइको मन्दिर परिसर र बाटो घाटाे समेत सरसफाई गरेको जानकारी बसबरिया काठमाडौं सेवा समाज का संचालक ईन्जिनियर रबिन्द्र यादव ले गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१