Siraha Times
ताजा समाचार

अवैध भन्सार चोरी निकासीका समान बरामद

  • कार्तिक ३, २०७९
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा धनुषामा सुरक्षा निकाय आफ्ना कर्तव्य पालनमा सक्रितापूर्वक काम गरिरहेको अवस्था रहेको देखिन्छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप मिति २०७९/०७/०१ गते अं.१८:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय यदुहुहा धनुषाबाट खटिएको गस्ती प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला धनुषा, शहिदनग न.पा. वडा नं.५ सिमरापट्टी स्थितमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ज.७ प.३८२२ र एउटाको नं. नखुलेको मो.सा.मा किराना खद्यान्न लगायतको सर-समानहरु भारतबाट नेपालतर्फ ल्याई राखेको अवस्थामा किराना खद्यान्न लगायतको सर-समानहरु र मो.सा. समेत गरी अ.मुल्य रु.२,०२,०१०।– बराबरको रित पुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागि आज मिति २०७९।०७।०२ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१