Siraha Times
ताजा समाचार

डेङ्गु भाइरस अभिमुखीकरण गोष्ठी सम्पन्न

  • कार्तिक १, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १ । सिरहाको धनगढीमाई नगरपालिका अन्तर्गत स्वास्थ्य साखाको आयोजनामा डेङ्गु भाइरस लगायतको लामखुट्टे नियन्त्र गोष्ठी सम्पन्न गरिएको छ । स्थानिय प्राकृतिक अस्पतालको सभा हलमा करिब ८ बजेको समयमा आयोजित कार्यक्रममा पालिकाका वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्यकर्मी ज्यूहरु, स्वयम् सेविकाहरु , लगायत पत्रकारहरुको सहभागितामा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण देव यादवले डेङ्गु भाइरसको बारेमा जानकारी गराउँदै उपचार र बच्ने उपायहरुका बारेमा प्रक्षिक्षण दिनु भएको थियो । कार्यक्रममा वडा नं १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यूले वडा अध्यक्ष ज्यूहरुकोतर्फबाट आफ्ना भनाई राख्नु हुँदै डेङ्गु भाइरसको नियन्त्रणमा अभियान चलाउनु पर्ने धारणा राख्नु भएको थियो । मेयर शिवशंकर महतो ज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संगीता चौधरी, विशिष्ट अतिथि गोपाल प्रसाद बगाले लगायत पत्रकार रहेको उक्त कार्यक्रमको संचालन स्वास्थ्य साखा प्रमुख विशेस्वर प्रसाद यादवले गर्नु भएको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१