धनुषाको तिनकौरिया चौकमा जसपाले गरे क्षेत्रीय कार्यालय स्थापना

  • असोज ३१, २०७९
  • ९८४ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम ३१ असोज । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)धनुषाको तिनकौरिया चौकमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेका छन । निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाउनुको साथ साथ घरदैलोलाई निरंतरता दिएको छ । जसपा नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य अरुण सिंह मण्डलले विदेह नगरपालिकाको तिनकौरिया चौकमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गंगाराम यादव धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन भने प्रदेश सभा सदस्य १ को (ख) राम आशिष यादव त्यसैगरी १को (क)शैलेन्द्र कुमार यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन । प्रतिनिधिसभा सदस्यका उम्मेदवार गंगारामले निरन्तर जनताको सेवामा खटेर गरेकोले यस क्षेत्रमा जसपाबाट निर्वाचित भए पछि विकासको लहर ल्याएउने बताएको छ । जनताले जसपाकामको मूल्यांकन गरेर निर्वाचित गराउने यादबले बताए । यस कार्यक्रममा क्षेत्रीय अध्यक्ष उमेश निराला,ममता मण्डल केन्द्रिय सदस्य,विजय मण्डल सघिय परिषद सदस्य,चन्द्रदिप गोइत यादव,लगाईत क्षेत्र भरिका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१