Siraha Times
ताजा समाचार

ईप्रका कृष्णनगरले स्रोत नखुलेको १३ लाख सहित मानिस पक्राउ

  • असोज ३०, २०७९
  • १०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज ३० कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठसय रकम सहित मानिस पक्राउ गरेको छ l कृष्णनगर नगरपालिका वडा नं २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नंम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस ७ हाल प्युठान नगरपालिका वडा नं ८ मनगाउ बस्ने चौतिस बर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनटमा भागमा राखिएको भारतीय पत्रिकाले बेरिएको अवस्थामा स्रोत नखुलेको तेह्रा लाख आठसय नेपाली नोट बरामद गरि मानिस सहित नियन्त्रणमा लिएको थियो l रकम तथा मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए l केही समय अगाडि चरेस सहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन्l

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१