Siraha Times
ताजा समाचार

बिरगंजस्थित विर्ता वडा प्रहरीद्वारा ९ किलो चरेससहित २ जना पक्राउ

  • असोज २७, २०७९
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २७ असोज वीरगञ्जस्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले ठूलो मात्रमा लागूऔषध चरेससहीत २ युवकलाई पक्राउ गरेको छ । इन्सपेक्टर मल्लको नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेससहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र सोही स्थानका राज चौरसिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इन्सपेक्टर मल्लको नेतृत्वमा वडा प्रहरी कार्यालय विर्ताबाट खटेको टोलीले सवारीसाधन र पैदल यात्रु चेकजाँचका क्रममा चरेससहित रायलाई पक्राउ गरेको थियो । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१