Siraha Times
ताजा समाचार

द भ्वाइस अफ नेपालमा लहानका गायक मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल

  • असोज २४, २०७९
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ असोज - बाललियकाल देखि बुवालाई संगितका सहयात्री मानिएका र बुवा संग संगितका स्वर गुनगुनाउदै गायन क्षेत्रमा लागेका सिरहाका लहान नगरपालिका वाडा नम्बर ११ पडरिया थारुटोलमा २०५३ सालमा बुवा खडग नारायण चौधरी र आमा मन्जु पोखरेलकी कान्छो छोरा मनिष चौधरीले गायन क्षेत्रमा छ्लाङ्ग मारिएका छन्। सयौं गित संगितमा स्वर गुनजाएका गायक मनिष चौधरीले देशमा निकै लोकप्रिय हुँदै स्वर प्रतिभाका धनी मानिने गायक चौधरीले हिमालय टेलिभिजन काठमाडौंबाट नियमित प्रत्येक हप्ताको शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुँदै आएका कार्यक्रम ,द भ्वाइस अफ नेपालमा ब्लाईन्ड अडिसनमा हजार जूनीसम्म बोलको गीत गाएर हजारौं गायकहरुको डिजिटल अडिशनबाट छानिएर बलाईन्ड अडिशन सम्म पुगन सफल गायकका रूपमा चिनिएका हुन्।

स्वर्का धनी गायक मनिष चौधरीले बलाईन्ड अडिसनमा ४ व टै कुर्सी घुमाउन सफल भएका थिए।अडिसनको A-८ सम्म आई पुग्दा सबैभन्दा छिटो करिब २ सेकेन्ड भित्रै जजको कुर्सी घुमाउन सफल गायक हुन्।गायक चौधरीले गाएका गीतहरु निकै चर्चामा रहेका छन्।सांगीतिक क्षेत्रमा संघर्षशिल गायक चौधरीले कलिलो उमेरमा निकै लोकप्रिय हुँदै चर्चा बटुलेका हुन्।उनले १२ बर्ष कै उमेरमा एकल लाईभ कन्सट हुन् सफल भएका थिए। गायक मनिष चौधरीले गाएका ओरिजनल गीत संगितहरु बजार र अन्लाईन युटुबमा प्रयात छन्। गायक चौधरीको माद्यामिक शिक्षा लिटिल ऐन्जलस हाती वन ललितपुर काठमाडौंबाट भएको छ् भने उच्च शिक्षा भारतको रबिन्द्र भारती बिश्वबिधालय कोलकताबाट संगित क्षेत्रमा स्नातक फुल स्कोरमा गरेका छन् भने सोही कलेजबाट स्नातकोत्तर सम्मको अध्ययन समेत गरेका हुन्। बलाईन्ड अडिशनमा कोच राजेश पायल राय, प्रमोद खरेल, प्रबिषा अधिकारी,राजु लामा लगायत कोचरहरु रहेका थिए।गायक चौधरीले छ्नोट पश्चात् प्रमोद खरेलको टिममा गएका छन्।कोचहरुले मनिष संगितमा मास्टर हुन भने थाहा पाए पछि डडयौली पारामा आफुहरुलाई पनि संगित सिकाउन अनुरोध गरेका थिए। अडिशनमा सबैभन्दा पहिलो फर्किने कोच राजेश पायल रायले गायक चौधरीको प्रस्तुतिबाट निकै प्रफुलित भएका थिए।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१