Siraha Times
ताजा समाचार

सरसफाई अभियानमा निरन्तर यादव

  • असोज २४, २०७९
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २४ । राजनीतिक भागबण्डाका कारण समाजमा राजनीतिक दुर्गन्ध मात्र नभएर फोहोरको दुर्गन्ध समेत फैलिरहेको अवस्था रहेको पाईन्छ । समयमा बजेटको सदुपयोग नगर्ने अनि भदौरे बजेटको कारण मधेशका अधिकांश भागमा फोहोर जम्मा भएर वातावरण दुर्गन्धित बन्दै गएका छन् । घर अगाडिको सडकका छेउ छाउमा फोहोर फाल्नु अनि ईन्धन काे नाममा गुइठा जम्मा गरेर राख्नु अधिकांश मानिसको दिनचर्या बनेको अवस्था रहेको पाईन्छ । स्वच्छ मधेस अभियानमा लामाे समयदेखि निरन्तर लागिरहनु भएका देब कुमार यादबले विगतका दिनहरूमा आफ्नै हातहरुले कतिपनी घिन नमानी दुर्गन्धित फोहोरको सरसफाइमा लाग्दै आएका थिए ।

कुनै पनि मधेशका नेतागणले नत सरसफाई गरे नत फोहोर व्यवस्थापनको लागि कुनै पहल । यतिबेला मधेशका सडक लगायत बस्तिका गल्ली गल्लीमा फोहोरको दुर्गन्ध फैलिरहेको अवस्थामा फोहोरी राजनीति गर्दै आएका पार्टीहरुले वजेट पानामा सीमित राखेर पचाउने काम गरे तर आम जनताको घर अगाडी रहेको पानीको दह, दुर्गन्ध नियन्त्रण गर्नका निम्ति राजनितिक दलका नेताहरुले ध्यान केन्द्रित नगरे पछि विगत लामो समयदेखि मधेस स्वच्छता अभियानमा लागेर पत्रकारिता जगतका चर्चित पत्रकार देब कुमार यादबले बस्ति बस्तीबाट सरसफाई अभियानमा लाग्नका लागि आम स्थानिय जनतालाई सकारात्मक सन्देश प्रवाह गर्ने यादवको योगदानको सिरहाबासिले उच्च मूल्याङ्कन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१