Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकाकाे ठाडीबजारमा तीन युवामाथी आक्रमण, दूईको अवस्था गम्भिर

  • असोज २१, २०७९
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज २१ । मनु यादव लहान, । सिरहाको भगवानपुर ४ ठाडी बजारमा साँस्कृतिक कार्यक्रम हेर्न गएका तीन युवालाई असोज १९ गते राती स्थानीय एक समूहले निर्घात कुटपिट गरी घाईते बनाएको छ । गम्भिर घाईते भएका भगवानपुर ४ ठाडी बजारकै महेशकुमार साह, राधेश्याम यादव र राहुल साहको उपचार प्रादेशिक अस्पताल लहानमा भइरहेको छ । महेश साह र राधेश्याम यादवको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । साँस्कृतिक कार्यक्रम हेर्न गएको बेला राति साढे ११ बजे तिर स्थानीय सुफैत यादव ,भगवात यादव ,दुर्गा मण्डल ,रंजितकुमार मण्डल ,र अपरिचित दुई जना काे एक समुहले व्यक्तिगत कारणले उनीहरूलाई लाठी रडले कुटपिट गरेको हाे। पिडितपक्षले आज उनीहरू विरूद्व इलाका प्रहरी कार्यलय न्यायकाे लागि उजुरी दिएको छ।घाइते यादव र साहले टाउकोमा ६ वटा टाँका लागेको छ,भने जीउ पुयुठीमा निर्धाय कुटपिट गरेको निलडाम रहेको छ। कुटपिट गर्ने सुफैल यादवलाई प्रहरीले आज बिहान नियन्त्रण लिएपनि इलाका प्रहरी कार्यलय लहानले दवावमा यादवलाई रिहा गरिएको छ।लहान प्रहरीका डिएसपी कुमार मैनालीले कुटपिट घटना भएको हाे ।उमेर वृद्ध भएकोले सुफैतलाइ तत्काल छाडिएको हाे । अनुसन्धान जारी नै छ।त्यस्तै परियो भने फेरि पक्राउ गरि कारवाही गर्ने डिएसपीले बताए ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१