Siraha Times
ताजा समाचार

कपिलवस्तुमा हावाहुरी सहितको अविरल वर्षाले पाकेर काटिसकेको धान डूब्यो खेतमै

  • असोज २०, २०७९
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / असोज २० / गोडुवजोत विजयनगर कपिलवस्तुमा धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ । ‘शनिबार मात्र धान काटेर खेतमा राखेका थियौ । आज या भोलिमा उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी पर्दा खेतमा रहेको धानमा नोक्सान गर्यो बनगाईका किसान पुनाराम खनालले गुनासो गर्दै भन्नुभयो ।’ यस वर्ष समयमै वर्षा भएका कारण धान पनि राम्रो थियो । धान भित्राउने समयमा पानी पर्दा नोक्सानी धेरै हुने भयो उहाँले भन्नुभयो । कपिलवस्तु विजयनगरमा ७ धान बर्षाले डुवानमा पारेको सुनाउनुभयो । ‘हावाहुरी सहितको बर्षा आएपछि पाकेको धान सबै ढलेको छ । खेत पोखरीमा परिणत भएको छ ।’ आइतबार देखि जिल्लामा हावाहुरीसहित अविरल बर्षा भैरहेको छ । जसको कारण पाकेर लटरम्म परेको धानबालीमा नराम्रोसंग क्षति गरेको छ । समयमै पर्याप्त वर्षा हँुदा समयमै धान रोप्न पाएर खुसी भएका किसानहरु धानबाली स्याहार्ने बेला तनावमा परेका छन । आइतबार देखि परेको हावाहुरीसहितको बर्षाले कपिलवस्तुमा । आइतबार बेलुका देखि जिल्लामा गएको विद्युत सोमबार अपराह्नपख आएको छ । मौसमविदहरुले अझै केही दिन मौसम यस्तो हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१