सिरहामा प्रहरी प्रशासनको संरक्षणमा अश्लिल नृत्य

  • असोज १८, २०७९
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १८ असोज । सिरहाका धेरैजसो पालिकाहरुमा चार्डपर्व लक्ष्यित अस्लिल नृत्य सँगै नाचनचनिया नचाउने गरेका छन् । ती अस्लिल नृत्य प्रहरी प्रशासनकै रोहबरमा रातभरि खुल्मखुल्ला नचाइएको पाइएको छ। सिरहाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा यसको बढदो चहलपहल बढेको देखिन्छ । सिरहाको मोहनपुर, रामपुर, लक्ष्मीपुर पतारी पोखरी नजदिकै इलाका प्रहरी कार्यालय महेशपुर पतारी रहेता पनि प्रहरी उभिएर राभरि आफू अस्लिल नृत्य हेर्दै शान्ति सुरक्षा दिने गर्दछन। नृत्य र ध्वनि प्रदुषण यसको प्रभाव बजार क्षेत्रमा खासै देखिदैन तर, ग्रामीण क्षेत्रमा ध्वनि प्रदुषणबाट स्थानीयहरु वाकिब भएको देखिन्छ । अहिलेको मैथिली , भोजपुरी , गीतसंगीतहरुमा छाडा पन् रहेता पनि आधुनिकताको युगमा आफ्नै परिवारका सदस्य बसेर आपसमा नसुन्ने अवस्था समेत आएको छ। यो सँगै चार्डपर्वहरुमा प्रशासनिक निकाय एक्सनमा आउनु , शान्ति सुरक्षालाई थप सशक्त बनाईराख्नु अति आवश्यक हुनु पर्दछ। उक्त नचनिया ( युवतीहरु ) प्रायः जसो भारतबाट ल्याई अस्लित नृत्यमाथि स्थानीयले मज्जा लिने गर्दछन्। उक्त अश्लीलता रोक्न न त जिल्ला प्रहरी कार्यालय , न त जिल्ला प्रशासन कार्यालय कुनै एक्सनमा नआइएको देखिन्छ । खासगरी ग्रामीणस्तरमा कलह, झैझगडाको अभिन्न अङ्ग अश्लीलता नै भएकाले प्रहरी प्रशासनको भुमिका देखाउन अपरिहार्य छ। छड्के युवाहरु अश्लीलता प्रति बढी आकर्षित हुने गरेको देखिन्छ । यसलाई रोक्न निकाय एक्सनमा आउनु आवश्यक देखिन्छ । रफ् गीतसंगीतले समाजमा विकृति, विसंगति मात्रै सृजना गर्दैन बलकि, मन बढोत्तरीको जड रफ् अश्लील गीत नै हो ।

प्रतिक्रिया दिनुहोस

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सखुवानन्कारकट्टी गा ...

    लहान जेठ ९ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी  गा. पा. १ साबिक मौवाहीको ८ र ९& ...

सुन्दर जनता मावि औरह ...

ओम प्रकाश यादव, लहान जेठ ९ । सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माध्यमिक विद्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१