एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर

  • असोज १८, २०७९
  • ५४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १८ । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाएता पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ । जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् । क्षेत्र नम्वर १ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ । यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नम्बर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

कृषक पाठशाला सञ्चालन ...

रहमुल लहान, ९ साउन। राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा “कृषक पाठशाला सञ्चालन का ...

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

मेयर महतो द्वारा ठटी ...

रहमुल लहान ७ साउन । सिराहाको धनगढीमाई न.पा.-१२ सरे खोलाको दक्षिण क्षेत्रमा निर्माण सम्पन्न भएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१