Siraha Times
ताजा समाचार

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर

  • असोज १८, २०७९
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १८ । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाएता पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ । जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् । क्षेत्र नम्वर १ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ । यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नम्बर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१