Siraha Times
ताजा समाचार

धार्मिक कार्यमा मिर्चैयाका जनसेवा युवा क्लब

  • असोज १७, २०७९
  • १५१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १७ । हिन्दूहरूको महान् चाड बडा दसैंको रमझम यतिबेला देशभरि चलिरहेको अवस्था रहेकाे पाईन्छ। देशका बिभिन्न भागमा स्थान अनुसार देबी दुर्गाको प्रतिमा स्थापना गरेर विधिपूर्वक पुजा आजा गरिरहेको अवस्था यतिबेला देखिन्छ । सिराहाका अधिकांश टोल बस्तीहरुमा भवानी दुर्गाको पूजआराधना चलिरहेको अवस्थामा मिर्चैया स्थिति बनाइएको दुर्गा मन्दिर परिसरमा जनसेवा युवा क्लब (जेवाइसी) मिर्चैयाका युवाहरुले पृथक कामलाई अगाडी ल्याएका छन् । स्थानिय कल्ब सँग सम्बन्धित युवाहरुले धार्मिक सांस्कृतिक मान्यता बमोजिम दुर्गा मन्दिरको परिसरमा दर्शनार्थीहरू एवंम भक्तजनहरुका लागि नि:शुल्क खानेपानी, बीपी जाँच र सुगर जाँचको व्यवस्था मिलाएका छन् । धार्मिक सांस्कृतिक र पुन्यको महान कार्यमा जुटेका मिर्चैयाका युवाहरुलाई प्रोत्साहन गर्न र मनोबल बढाउनका निम्ति स्थानिय निकाय लगाएत सामाजिक सेवामा सक्रिय व्यक्तिहरूले साथ सहयोग गर्न जरुरी रहेकाे देखिन्छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१