धार्मिक कार्यमा मिर्चैयाका जनसेवा युवा क्लब

  • असोज १७, २०७९
  • १३६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १७ । हिन्दूहरूको महान् चाड बडा दसैंको रमझम यतिबेला देशभरि चलिरहेको अवस्था रहेकाे पाईन्छ। देशका बिभिन्न भागमा स्थान अनुसार देबी दुर्गाको प्रतिमा स्थापना गरेर विधिपूर्वक पुजा आजा गरिरहेको अवस्था यतिबेला देखिन्छ । सिराहाका अधिकांश टोल बस्तीहरुमा भवानी दुर्गाको पूजआराधना चलिरहेको अवस्थामा मिर्चैया स्थिति बनाइएको दुर्गा मन्दिर परिसरमा जनसेवा युवा क्लब (जेवाइसी) मिर्चैयाका युवाहरुले पृथक कामलाई अगाडी ल्याएका छन् । स्थानिय कल्ब सँग सम्बन्धित युवाहरुले धार्मिक सांस्कृतिक मान्यता बमोजिम दुर्गा मन्दिरको परिसरमा दर्शनार्थीहरू एवंम भक्तजनहरुका लागि नि:शुल्क खानेपानी, बीपी जाँच र सुगर जाँचको व्यवस्था मिलाएका छन् । धार्मिक सांस्कृतिक र पुन्यको महान कार्यमा जुटेका मिर्चैयाका युवाहरुलाई प्रोत्साहन गर्न र मनोबल बढाउनका निम्ति स्थानिय निकाय लगाएत सामाजिक सेवामा सक्रिय व्यक्तिहरूले साथ सहयोग गर्न जरुरी रहेकाे देखिन्छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१