चाडपर्व केन्द्रित अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • असोज १४, २०७९
  • ९१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १४। राजधानी शहर काठमाण्डौमा हिन्दूहरूको महान् चाड बडा दसैंको अवसरमा आम उपभोक्तालाई बजार सहजताको लागि समसमायिक बस्तुस्थितिलाई मध्यनजर गर्दै एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईको अध्यक्षतामा आयोजीत कार्यक्रम चाड पर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षाको अवस्था विषयक अन्तरक्रिया तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाण्डौ द्धारा बानेश्वरको बिजुली बजार स्थित सञ्चार केन्द्रको सभा हलमा आयोजना गरिएको थियो । काठमाण्डौ जिल्लाको प्रमूख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अथितीहरू प्रेस काउन्सिल नेपालका अध्यक्ष बाल कृष्ण वस्नेत, बाणिज्य विभागका महानिर्देशक महेश भट्राई , तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाई लगायत प्रदेश टाइम्स दैनिक सिरहाका प्रकाशक/ सम्पादक तथा समाजबादी प्रेस संघठन नेपालका मधेश प्रदेश कोषाध्यक्ष रामपुकार , बिभिन्न मिडियाका पत्रकारहरू सहितका सहभागितामा आयोजित कार्यक्रममा वक्ताहरुले आम उपभोगता ठगिने कार्य जारी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले काठमाण्डौको बजार अनुगमन जारी रहेको बताउनु भएको छ । कार्यक्रममा आम जनताले बजारमा गुणस्तरिय सामान पाउन नसकेको , बजारमा एकरूपता नभएको दशैको समयमा आम उपभोक्ताले सहज रुपमा गाडीको टिकेट पाउन नसकेको कार्यक्रमको औंचितय माथि प्रकाश पार्दै गोविन्द चौलागाई ज्यूले बताउनु भएको छ । चाड पर्वको समयमा देखावटी र मौसमी बजारको कारणले आम उपभोक्ता ठगिएको राज्यको कमजोरीको कारणले बजारमा आम उपभोक्तालाई सहतापूर्वक मूल्य सूची उपलब्ध नगराएको अवस्था रहेको पाइन्छ । कार्यक्रममा सिरहाबाट सहभागिताका लागि आमन्त्रित प्रदेश टाइम्स दैनिकका पत्रकारहरुलाई सभा हलको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बाणिज्य विभागका महानिर्देशक महेश भट्राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाई लगायतका व्यक्तित्वहरुले खादा ओढाएर सम्मान गर्नु भएको थियो । समग्रमा आम उपभोक्ताले बजारबाट भोगिरहेको समस्या माथि व्यापक छलफल गरिएको थियो । बजारबाट आम उपभोक्तालाई ठगिनबाट जोगिनका लागि आम सञ्चारले महत्त्व पूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

जनकपुरधाममा बालअधिका ...

सिरहाटाइम्स लहान चैत २८ । बालबालिकाको हक, हित र संरक्षणलाई सुदृढ बनाउन केन्द्रित एक महत्वपूर्ण ...

सुखिपुर नगरपालिकामा ...

दलित विकास मञ्च (DDF) गाेलबजार सिरहाकाे अायाेजनामा Helen Keller international काे अार्थिक सहयोग र सु ...

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१