झिझियाको रमझममा मधेश

  • असोज १३, २०७९
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १३ असोज । सिरहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। नेपालीहरुको महान पर्व विजया दशमी अर्थात दशैँको पाँचौं दिन बित्दै दुर्गा भवानीको स्थानहरुमा झिझियाको रमझम सहित गीत गुन्जिदै भवानीको शक्तिपीठमा अहिले पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरु घुइँचो समेत बढेको देखिन्छ । यो सँगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ पिप्रा प्र.ध. रामपुरमा यस वर्ष झिझिया कार्यक्रम आयोजना गर्दै पुरस्कार सहितको कार्यक्रम ल्याएको बताइएको छ। सो झिझिया कार्यक्रम रामपुरको दुर्गा मन्दिरमा राति ८ बजेबाट शुरु हुदै आएको छ। उक्त झिझिया कार्यक्रममा छिमेकी नजदिकी गाउँहरु छपराडी टीम, रामपुर टीम, पोखरभिण्डा टीम लगायत पाँचौ / छठौँ टिममा युवतीहरुले भाग लिइएका छन । झिझियामा भाग लिइएका युवतीहरु सिङ्गारले सजिएर टाउकोमा टोकरी राखेर झिझिया सँग सम्बन्धित सबैजसो गीतहरुमा नाच्ने गाउने गर्दछन। सो झिझिया दशैँको पहिलो दिनबाट शुभारम्भ भई दशैको अन्तिम दिन पहिलो , दित्तिय, तृतीयलाई पुरस्कृत गरिनेछ । पहिलोलाई नगद राशि १५०००/- , दितीयलाई १००००/- , तृतीय स्थान ल्याउनेलाई ५०००/- सहित सम्मान गरिने आयोजक दुर्गा मेला समिति रामपुर पिप्रले बताएका छन।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१