Siraha Times
ताजा समाचार

झिझियाको रमझममा मधेश

  • असोज १३, २०७९
  • १२८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १३ असोज । सिरहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। नेपालीहरुको महान पर्व विजया दशमी अर्थात दशैँको पाँचौं दिन बित्दै दुर्गा भवानीको स्थानहरुमा झिझियाको रमझम सहित गीत गुन्जिदै भवानीको शक्तिपीठमा अहिले पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरु घुइँचो समेत बढेको देखिन्छ । यो सँगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ पिप्रा प्र.ध. रामपुरमा यस वर्ष झिझिया कार्यक्रम आयोजना गर्दै पुरस्कार सहितको कार्यक्रम ल्याएको बताइएको छ। सो झिझिया कार्यक्रम रामपुरको दुर्गा मन्दिरमा राति ८ बजेबाट शुरु हुदै आएको छ। उक्त झिझिया कार्यक्रममा छिमेकी नजदिकी गाउँहरु छपराडी टीम, रामपुर टीम, पोखरभिण्डा टीम लगायत पाँचौ / छठौँ टिममा युवतीहरुले भाग लिइएका छन । झिझियामा भाग लिइएका युवतीहरु सिङ्गारले सजिएर टाउकोमा टोकरी राखेर झिझिया सँग सम्बन्धित सबैजसो गीतहरुमा नाच्ने गाउने गर्दछन। सो झिझिया दशैँको पहिलो दिनबाट शुभारम्भ भई दशैको अन्तिम दिन पहिलो , दित्तिय, तृतीयलाई पुरस्कृत गरिनेछ । पहिलोलाई नगद राशि १५०००/- , दितीयलाई १००००/- , तृतीय स्थान ल्याउनेलाई ५०००/- सहित सम्मान गरिने आयोजक दुर्गा मेला समिति रामपुर पिप्रले बताएका छन।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१