Siraha Times
ताजा समाचार

राजबिराजमा बढदै गरेको अत्याधिक चोरी गतिविधिलाई नियन्त्रणको माग गर्दै प्रदर्शन

  • असोज १०, २०७९
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा असोज १० गते । सप्तरीको राजबिराजमा बढदै गरेको अत्याधिक चोरी अपराधी गतिविधिलाई नियन्त्रणको माग गर्दै सदरमुकाममा प्रदर्शन भएको छ । चोरी पीडित संघर्ष समिति द्वारा आज(सोमबार ) राजबिराजको मुख्य बजारमा अभियानीहरुले प्रदर्शन गरेका छन । सोमबार समितिले राजविराजस्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भाग परिक्रममा गरिएको थियो ।हातमा प्ले कार्ड लिएर विभिन्न नाराहरु घन्काउदै नाराबाजी गरेका हुन् ।जनताप्रतिको स्थानीय सरकार उत्तरदायित्व निर्वाह गर ,निर्धक व्यापार ,व्यवसायी वातावरण सिर्जना गर, चोरि घटनालाई नियन्त्रण गर ,डेंगु मलेरिया नियन्त्रण गर्नको लागि व्यवस्था गर , सिसिटिभी क्यामरा सार्वजनिक स्थलमा जडान गर , प्रहरी,प्रशासन मुर्दावाद , स्थानीय सरकार मुर्दावाद नाराहरु रहेका छन । अभियानका संयोजकमा सुनिता साह सदस्यहरुमा खेलानन्द दास, पार्थो सरकार , शैलेन्द्र सिंह, प्रतिमा देव, रंजित साह , दिनेश गुप्ता , गौरि शंकर प्रसाद साह ,सुनिता चौधरी लगायतका सहभागी रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१