Siraha Times
ताजा समाचार

रेडियो सरगम ९३ मेगाहर्ज आजदेखि सातौ बर्षमा प्रवेश

  • असोज १०, २०७९
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज १० । शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत् २०७३ साल असोज १० गते देखि औपचारिक रुपमा प्रसारण आरम्भ गरेको रेडियो सरगमले सुरुदेखि नै लोकप्रियताको शिखर चढ्दै गइरहेको छ ।रेडियो सरगम ९३ मेगाहर्जले आफै उत्पादन गरेको ३ वटा स्थानीय समाचार बुलेटिन संगै नेपाली रेडियो नेटवर्कको सहकार्यमा बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठ बजेसम्म समाचारमूलक बुलेटिन 'नेपाली खवर', नेपालि बहस र 'जनता जान्न चाहन्छ' प्रसारण गर्दै आइरहेको छ। रेडियो सरगम हरेक दिन बिहान ५ बजे प्रसारण सुरु भई बेलुका ११ बजे बन्द हुने गरेको छ । यसबीचमा धेरै चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रसारण हुने गरेका छन् । स्थापनाको छोटो समयमै गाउँ, सहर हुँदै विदेश सम्म नेपाली स्रोताले निरन्तर मन पराई दिएकाले हामीले गणस्तरीयताको विकास गर्दै लगेका छौँ । रेडियो सरगम आफ्नो स्थापना काल देखिने ५०० मेगावाटमा निरन्तर प्रसारण भइरहेको यस भेगको एक मात्र व्यवसायिक रेडियो हो। समाचार तथा कार्यक्रमहरू गर्दा सन्तुलन र विश्वसनीयतामा हामी सधैँ अत्यधिक सतर्क हुने गरेका छौँ । पत्रकारिताको मर्म र धर्मबाट हामी कहिल्यै विचल्लित भएका छैनौ र हुने पनि छैनौ । आगामी दिनमा पनि यसलाई कायम राख्दै थप सृजनात्मक प्रस्तुतीमा खरो उत्रिने अठोट व्यक्त गर्दछौँ । यस पटक कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन। अन्त्यमा आज बाट सुरु भएको विजया दशमीको शुभकामना दिदै रेडियोलाई साथ दिनु भएका हाम्रा श्रोता, सहयात्री रेडियोहरू, विज्ञापनदाता र सुवेच्छुकहरुप्रति छैटौँ वार्षिकोत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दै भविष्यमा यो भन्दा बढी निरन्तर साथ र सहयोग पाउने अपेक्षा व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१