रेडियो सरगम ९३ मेगाहर्ज आजदेखि सातौ बर्षमा प्रवेश

  • असोज १०, २०७९
  • ६७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज १० । शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत् २०७३ साल असोज १० गते देखि औपचारिक रुपमा प्रसारण आरम्भ गरेको रेडियो सरगमले सुरुदेखि नै लोकप्रियताको शिखर चढ्दै गइरहेको छ ।रेडियो सरगम ९३ मेगाहर्जले आफै उत्पादन गरेको ३ वटा स्थानीय समाचार बुलेटिन संगै नेपाली रेडियो नेटवर्कको सहकार्यमा बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठ बजेसम्म समाचारमूलक बुलेटिन 'नेपाली खवर', नेपालि बहस र 'जनता जान्न चाहन्छ' प्रसारण गर्दै आइरहेको छ। रेडियो सरगम हरेक दिन बिहान ५ बजे प्रसारण सुरु भई बेलुका ११ बजे बन्द हुने गरेको छ । यसबीचमा धेरै चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रसारण हुने गरेका छन् । स्थापनाको छोटो समयमै गाउँ, सहर हुँदै विदेश सम्म नेपाली स्रोताले निरन्तर मन पराई दिएकाले हामीले गणस्तरीयताको विकास गर्दै लगेका छौँ । रेडियो सरगम आफ्नो स्थापना काल देखिने ५०० मेगावाटमा निरन्तर प्रसारण भइरहेको यस भेगको एक मात्र व्यवसायिक रेडियो हो। समाचार तथा कार्यक्रमहरू गर्दा सन्तुलन र विश्वसनीयतामा हामी सधैँ अत्यधिक सतर्क हुने गरेका छौँ । पत्रकारिताको मर्म र धर्मबाट हामी कहिल्यै विचल्लित भएका छैनौ र हुने पनि छैनौ । आगामी दिनमा पनि यसलाई कायम राख्दै थप सृजनात्मक प्रस्तुतीमा खरो उत्रिने अठोट व्यक्त गर्दछौँ । यस पटक कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन। अन्त्यमा आज बाट सुरु भएको विजया दशमीको शुभकामना दिदै रेडियोलाई साथ दिनु भएका हाम्रा श्रोता, सहयात्री रेडियोहरू, विज्ञापनदाता र सुवेच्छुकहरुप्रति छैटौँ वार्षिकोत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दै भविष्यमा यो भन्दा बढी निरन्तर साथ र सहयोग पाउने अपेक्षा व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका–२ ...

ओम प्रकाश यादव, लहान, २८ वैशाख। धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौक ...

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१