Siraha Times
ताजा समाचार

एसइई परीक्षा सम्बन्धमा लहान नगर प्रमुख साहद्वारा ध्यानाकर्षण

  • चैत १८, २०७४
  • १०३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १७ चैत्त । नगर शिक्षा समिति लहानले आज एक विज्ञप्ती जारी गरी एसइई परीक्षा मर्यादित, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा संचालन गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । लहान नगर शिक्षा समितिले चैत्त ७ गते नगरभित्रका ६ जना केन्द्राध्यक्ष, सुरक्षा निकायका प्रमुख सम्मिलित बैठक गरिएको थियो । लहान नगर प्रमुख मु्नी साह सुडीका अनुसार परीक्षार्थीहरुलाई भयरहित वातावरणमा परीक्षा गराउंनुपर्ने हो । तर, जिल्ला शिक्षा कार्यालय सिरहाको कार्यशैलीप्रति आम नागरिक आक्रोशित छन् । परीक्षा शुरु भएकै (मिति २०७४ चैत्त ८ गते) एसइई परीक्षा संचालन हुनु अगावै पशुपति आमाविका केन्द्राध्यक्षलाई निष्काशन गरिएकोले यसप्रति सम्बन्धितपक्षलाई ध्यानाकर्षण गराएको जारी विज्ञप्तीमा उल्लेख छ । मावि हनुमाननगर, ब्रम्हान गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्षले गरेको अमर्यादित कार्य गरेको कारण उनीहरुलाई चैत्त ८ गते निष्काशन गरिएको छ । चेक जांचको क्रममा परीक्षार्थीहरुमा भय तथा त्रासपूर्ण वातावरण सृजना गरेको विज्ञप्तीमा उल्लेख छ । परीक्षा केन्द्रमा खटिएका निरिक्षक, केन्द्राध्यक्षहरुलाई अनुगमनकर्ताबाट अशोभनिय शब्द प्रयोग गरिएको छ । सम्बन्धित निकायबाट विना अनुमति मावि हनुमाननगर, ब्रम्हान गोर्छारी परीक्षा केन्द्रमा सिसिटिभी परीक्षार्थीहरुमा भय तथा त्रासपूर्ण वातावरण सृजना गर्ने मनसायले उक्त यंत्र जडान गरिएको छ । अनुगमन गर्ने निकायहरुबाट समानुपातिक रुपमा सबै परीक्षा केन्द्रहरुमा अनुगमन तथा निरीक्षण नभएको विज्ञप्तीमा उल्लेख छ । परीक्षाको मर्यादा भंग गर्ने जो कोहीलाई कार्यवाही गर्नु प्रशंसनीय कार्य भएतापनि जमावि सोनमती गाढा परीक्षा केन्द्रमा दूई पटक र मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा एक पटक परीक्षाको मर्यादा भंग गर्ने व्यक्तिलाई सम्बन्धित निकायबाट एकरुपताको कार्यवाही भएको नपाइएको देखियो । 
यसैगरी एसइई परीक्षालाई सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने पत्रकार, सुरक्षा निकाय, अभिभावक, विद्यार्थी, अभिभावक, अनुगमनकर्तालाई धन्यवाद दिंदै सम्पूर्ण नगरबासीहरुमा नयां बर्ष २०७५ को अग्रीम शुभकामना मेयर मुनी साह सुडीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१