Siraha Times
ताजा समाचार

अध्यक्ष मनोज द्वारा संविधान दिवसको शुभकामना

  • असोज ३, २०७९
  • ७४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाल पत्रका महासंघ सिरहाको सभापति (अध्यक्ष )मनोज बनैता यादवले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिन तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा शुभकामना दिएकका छन। संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन । यस अवसरमा मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन।
संविधान आफै लेख्ने अवसर संसारका कममात्र मुलुकका जनताले प्राप्त गरेको विश्व इतिहास छ। हाम्रो मुलुकमा पनि राजनीतिक व्यवस्था परिवर्तनको लागि भएको पछिल्लो सात दशकको लडाईबाट प्राप्त उपलब्धीको फल स्वरुप जनताका प्रतिनिधिहरुमार्फत संविधान निर्माण गर्ने कार्य सम्पन्न भएको थियो । यो कार्य कम चुनौतिपूर्ण भने थिएन। तापनि नेपाली जनताको बलिदान, त्याग र लगानी, राजनीतिक दल र नेतृत्वको मिहिनेत, जनता र मुलुकप्रति रहेको समर्पित भावना र दृढ इच्छा शक्तिकै कारण मुलुकमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सम्भव भएको हो।

संविधान आफैमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज हो। संविधान राज्यको मुल कानून भएकाले यसको मर्म र भावना बमोजिम राज्य व्यवस्था संचालन गर्न, संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्दतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायीक वितरण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहन्छ। अब हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ होइन कि व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रीत हुनुपर्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने मान्यतालाई स्थापित गराउन सानातिना राजनीतिक स्वार्थहरूलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता हो। यसका लागि एकातिर राज्यको नेतृत्व गर्नेसँग दृढ राजनीतिक इच्छाशक्ति र इमान्दारिताको आवश्यकता हुन्छ भने अर्कोतिर आम नेपाली जनताको सकारात्मक र रचनात्मक भूमिका जरुरी हुन्छ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१