Siraha Times
ताजा समाचार

बालबालिकामाथी भइरहेको अन्याय अत्याचार रोक्न जोड

  • पुस २४, २०७५
  • ११५५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २४ पौष । बाल श्रम, बाल विवाह र दाइजो प्रथाको नाममा बालबालिकामाथी अन्याय अत्याचार भइरहेको भन्दै सबैखाले सामाजिक कुरिति, कुसंस्कारविरुद्ध जोडदार आवाज उठाउँनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश २ जनकपुरले दूई दिने लहानमा आयोजित बालअधिकार चेतना समूहका सदस्यहरुका लागि बालअधिकार तथा क्षमता अभिवृद्धि तालिमका सहभागीले भाषणमा बालश्रम गराउँदिन, बालविवाह गर्दिन, दाइजो लेनदेन नगर्ने भन्नेहरु धेरै हुन्छन्, जब आफ्नो घरमा त्यस्तो अवस्था आउँछ हात बाँधेर बस्ने चलन रहेको छ । यसले समाजिक रुपान्तरणमा बाधा भइरहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासँघ सिरहाका सभापती दिनेश्वर गुप्ताले मौखिक प्रतिबद्धता गरेर मात्रै हुँदैन् , बालबालिको अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भिर हुनैपर्छ । बालअधिकार सुनिश्चत गर्न कानुन बनाएर मात्रै नहुने भन्दै कानूनको पालना र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको बताएका छन् । सभापती गुप्ताले व्यवहार र सोचमा परिवर्तन नआएसम्म बालबालिकाको अधिकार सुनिश्चित गर्न कठिन हुने भन्दै स्थानीय र प्रदेश सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले बालअधिकार सँरक्षणको निम्ति सरोकारवाला निकाय सक्रिय भएर अघि बढ्नुपर्ने जति जरुरी छ, त्यतिकै उनका अभिभावकहरु सचेत हुनुपर्ने बताउँनुभयो । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने ,आफ्नो विचार व्यक्त गर्न पाउने यस्तो अधिकारलाई कतैबाट बँचित गर्न नपाउँने बताउँनुभयो । कार्यक्रम सँचालक जागेश्वर यादव, महिला अधिकारकर्मी गँगा पोखरेल ,सरगम एफएम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेखलगायतले बालबालिकालाई चाहिने खोप स्वास्थ्य सेवा दिनु सबैको दायित्व हो । बालबालिकाहरुलाई उचित हेरविचार र माया गर्नु सबैको दायित्व हो । लागु औषध , बालबिवाह, दहेज प्रथा ,बालिका बलात्कार ,बालिका यौन दुव्र्यवहार लगायतका समस्याहरुको समाधान तथा रोकथाम गर्न जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१