Siraha Times
ताजा समाचार

श्याम सुन्दर सदा बचाउ अभियानद्वारा पिडितलाई आर्थिक सहयोग

  • भदौ ३०, २०७९
  • ११७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ३० भाद्र । "श्याम सुन्दर सदा बचाउ अभियान" ले घर नजिकै रहेको सामुदायिक भवनको छतबाट खसेर घाईते भएको पिडितलाई आर्थिक सहयोग गरेको छ । अभियानले नरहा गाउँपालिका २ पानबारी बस्ने करिव ३१ वर्षिय श्याम सुन्दर सदालाई उपचारको लागी एक लाख अठतीस हजार चार सय एकतीस रुपैया सहयोग गरेको हो । शरण माध्यमिक विद्यालय नरहा २ पानवारीमा कार्यरत शिक्षक सदा आफ्नै घर नजिक रहेको सामुदायिक भवनको छतबाट बैशाख १९ गते लडेर गम्भीर घाइते भएको थियो । आर्थिक अभावका कारण सदाको उपचारमा समस्या भएकोले "श्याम सुन्दर सदा बचाउ" अभियान संचालन गरि आर्थिक संकलन गरि पिडितलाई हस्तान्तरण गरिएको शिक्षक तथा सामाजिक युवा अभियनता पवन शर्माले बताए । उपचारमा समस्या भएकोले शरण मा. वि. का शिक्षक स्टाफ मिलेर संचालन गरेको "श्याम सुन्दर सदा बचाउ अभियान" मा अभियानका सदस्यहरुबाट रु.५० हजार, मिथिला सेवा समाज रु.१८ हजार ७ सय ८३ रुपैया, ऋषिवंश एकता सेवा समाज नेपाल रु.३५ हजार र श्याम सुन्दर सदा बचाउ अभियानको खाता मार्फत रु.३४ हजार ६ सय ४८ रुपैया गरि जम्मा रु.१ लाख ३८ हजार ४ सय ३१ रुपैया संकलन गरि पीडित सदालाई हस्तान्तरण गरिएको अभियनता शर्माले बताए । अभियानको लागी संचालन गरिएको सिद्धार्थ बैंक लि. गोलबजार शाखाको खाता समेत बन्द गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१