ताजा समाचार

सप्तरीको दसगज्जामा एक बेवारिसे शव फेला परे

  • भदौ २९, २०७९
  • १३८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ  २९ । तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित दशगजामा आज बिहान एक बेवारिसे शव फेला परेको छ । राजविराज भन्सार कार्यालय देखि अन्दाजी  १ सय ५० मिटर दक्षिण तर्फ भारतको कुनौली जाने दशगजामा नाम थर वतन नखुलेको  अन्दाजी ४०/४५ वर्षका पहाडी अनुहार जस्तो देखिने पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । मृतकको लास हाल सम्म सनाखत हुन नसकेकोले पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षित राखिएको प्रहरी ले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤