Siraha Times
ताजा समाचार

विधालय व्यवस्थापन समिती गठन गर्ना कार्यक्रम स्थागित

  • भदौ २९, २०७९
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी रमवापुर/ भदौ २९ कृष्णनगर नगरपालिका रमवापुर वडा. नं. ४ मा स्थित श्री शिव शक्ति आधारभुत विधालयमा वि.व्य.स. को कार्यकाल सकिदा नयाँ वि.व्य.स. घटनको लागि भेला बोलाईयेको थियो । उक्त कार्यक्रममा विधालय निरिक्षक को अध्यक्षता मा कार्यक्रम सुरु गरियो । कार्यक्रमको बेला वडा-४ का वडाध्यक्ष- घन्श्याम अग्रहारी, बिधालय निरिक्षक (वि.नि.)- बलराम पन्थी, पुर्व वि.व्य.स. का अध्यक्ष- दशरथ प्रसाद यादव र सदस्यहरु, वडा प्रतिनिधि- अखिलेश कुमार ठकुर, शिक्षक- कौशल किशोर यादव, शिक्षा प्रेमी, राजनैतिक दलको प्रतिनिधि, अभिभावकहरु, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, सिर्सिहवा स्वास्थ्य चौकी प्रतिनिधि, श्री शिव शक्ति विधालयका सदस्य, यस कार्यक्रम का संचालक शिक्षक - प्रहलाद पाण्डे समेतको उपस्तिथि रह्यो । सुरक्षाका लागि सिर्सिहवा चौकी बाट प्रहरी जवान खटियेका थिये ।

के कसरी कुन तरिकाले विधालय व्यवस्थापन समितिको (वि.व्य.स.) गठन, छनौट हुन्छ र वि.व्य.स. को कामकर्तव्य, जिम्मेवारीको बारेमा विधालय निरिक्षक (वि.नि)- बलराम पन्थीले सहज, सरल तरिकाले सम्पुर्ण बिच व्याख्या गर्नु भएको हो । वि.व्य.स. गठनको समय सहयोगको लागि ४ सदस्यीय समिति गठन गरियेको हो । ४ सदस्यीय समितिमा :- १) विधालय निरिक्षक, २) वडाध्यक्ष, ३) विधालय प्रधानाध्यापक र ४) स्रोत व्यक्ती रहने छन । यी ४ सदस्यीय समितिले वि.व्य.स. गठनकोबेला सहयोग पुर्याउन्छन । वि.व्य.स. अध्यक्ष पदको उम्मेदवारी दिनु भएको उम्मेदवारको सहयोगीहरु द्वारा कार्यक्रममा समस्या उत्पन्न गर्ना का कारण उक्त कार्यक्रमलाई कार्यक्रम को अध्यक्ष- विधालय निरिक्षक (वि.नि)- बलराम पन्थी द्वारा केही दिनको लागि कार्यक्रम स्थागित गरिदिनु भयो । सोचे अनुसार कुरा न मिल्दा हेरी बलराम पन्थीलाई रोकि तुरन्तै अगामी हुने भेलाको मिति तोकि जानकारी गराई दिनु को लागि कुरा गरेको रहेछ्न । कार्यक्रममा करिब ९० प्रतिशत अभिभावकहरुको उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा रास्व ...

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार ...

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१