गणपति रमेश थापाको निर्देशनमा लाखौको विष्फोटक पदार्थ (पटाका )सशस्त्रको नियन्त्रणमा

  • भदौ २७, २०७९
  • १६९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शशी कुमार मण्डल सिरहा, २७ । चाड पर्वलाई लक्षित गर्दै सिरहाको नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा बनाउन गणपति रमेश कुमार थापाको निर्देशन लगतै सशस्त्र प्रहरी भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाको निर्देशनमा सशस्त्र प्रहरीले सिरहाको सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनारबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो ।

धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी दिए । बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई सिरहा नगरपालिका सिरहा वडा नं १का वडा अध्यक्ष महेश यादव समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरी,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो । सिरहा को सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१