Siraha Times
ताजा समाचार

परिवारबाटै आयशामाथि अन्याय न्यायको खोजीमा भौतारिदै,प्रहरीले उजुरी नलिएको गुनासो

  • भदौ २१, २०७९
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान २१भदौ- सिरहाको लहान नगरपालिका १९ छरापटीकी आयशा खातुन आफनै परिवारबाट शोषणको सिकार भएकी छन् । परिवारका सबै सदस्य मिलेर आवशामाथि शोषण गर्दै आएको खुलेको हो । पटक पटक परिवारकै सदस्यबाट शोषण र कुटपिट गर्दा उनी आजित भएर प्रहरी कार्यालयमा न्यायका लागि पुगेपछि घटना बाहिरिएको छ । पछिल्लो पटक ०७९ असार २७ मा उनलाई भारतको खुटौना लगेर श्रीमान मो. समरुल मियां र देवर मो. नइमले निर्घात कुटपिट गरेका थिए । श्रीमान र देवरले आयशाको छात्तीको हड्डी भाँचिदिएका छन् । कुटपिटबाट घाईते पीडित आयशा भारतको दरभंगा पुगेर मेडिवोल्ड मल्टीस्पेसियलिस्ट अस्पतालमा उपचार गराएकी छन् । उपचारमै उनी लाखौ रुपैया खर्चेकी छन् । अहिले पनि उनी स्वास्थ्य भइसकेकी छैन, औषधी नियमित रुपमा सेवन गरिरहेकी छन् । सासु दरुदिन खातुनले ससुरा फुलचन भन्ने फुल मोहम्मद मियाँ र देवर मो नइमसँग अवैध सम्बन्ध राख्न दबाब दिएको आयशाको आरोप छ । उनले देवर र ससुरासँग अवैध सम्बन्ध राख्न सासुले दिएको दबाबबारे श्रीमानलाई बताउँदा उल्टै कुटपिट गरेको र सासु-ससुराले भनेको सबै कुरा

परिवारकै सदस्यबाट अन्यायमा परेको र घरमै असुरक्षित बनेकी आयशा न्यायका लागि ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान, सासु, ससुरा र देवरमाथि उजुरी दिन पुगेकी थिइन् । तर प्रहरीले उजुरी दिन मानेको छैन। उनी जर्वजस्ती करणी तथा अङ्गभङ्ग मुद्दा दर्ता गराउन चाहेकी छन् । तर प्रहरीले जर्वजस्ती करणी मुद्दा दर्ता नहुने भनेर उनलाई फर्काइएको बुझिएको छ । मुस्लिम समुदायमा तलाक दिने प्रथा छ । आयशा भन्छिन्, 'मलाई कुटपिट गरेपछि अस्पताल भर्ना भए। तर मेरो श्रीमानले गुपचुप विहे गर्न लागेका थिए । मैले थाहा पाएपछि विवाह रोकेकी छु।' उनी श्रीमानले गर्न लागेको विवाह रोक्न र आफूलाई न्याय दिन स्थानीय प्रशासनसँग माग मान्न भनिरहेको गुनासो गरेकी छन् । सासुको दबाबमा तेल लिएर गरेकी छन् । ससुराको मालिस गर्न जाँदा घरको चुकुल लगाएर आफूसँग अन्याय गरेको पनि आयशाको आरोप छ । उनी असुरक्षाका कारण ससुरामा बस्न छाडेकी छन् उनी अहिले सानीआमाको घरमा बस्दै आएको सुनाइन् ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी कुमार प्रसाद मैनालीले पीडित महिला नै सम्पर्क विहिन बनेको बताए भने ति महिला उजुरी लिएर आएकी थिइन् । घटनाबारे बुझ्न पहिले दुबै पक्षलाई बोलाउने भनेपछि गइन्। त्यसपछि सम्पर्कमै आएकी छैन।'

 

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१