Siraha Times
ताजा समाचार

लहानलाई हराभरा बनाउन लायन्स क्लव अफ लहान फुलवारीको जोड

  • भदौ २०, २०७९
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० भदौ - सिरहाको लहानलाई स्व्च्छ र हरियो वातावरण बनाउनमा लायन्स क्लव अफ लहान फुलवारीले निजि तथा सामुदायिक बिधालय र सडक पेटीकाहरुमा विभिन्न प्रजातिका विरुवाहरु रोपने गरेका अध्यक्ष राकेश झाले बताए। भदौको तेस्रो हप्ताबाट लहान नगरपालिका भित्र बृक्षा रोपन गर्न लागेका पत्रकार समेलनमा जनाए। लहान नगरपालिका भित्र करिब ८५ निजि बिधालय र ५९ वाटा सामुदायिक बिधालय रहेका संस्थाका डाईरेकटर राम प्रमोद यादवले बताए।लायन्स क्लव अफ लहान फुलवारीको बिश्वमा १४ लाख सदस्य र ४७ हजार ल्यान्स क्लव र २१२ वाटा देशमा संचालनमा रहेका छन्।

Open photo

उक्त संस्थामा आबद्ध रहेका ब्यक्तीहरुले विभिन्न बर्ग समुदायका ब्यक्तीहरु आवद्ध रहिएका छन् भने यो पुर्ण रूपमा non poltical गैर सरकारी संस्था हो। स.न.२०१७ सालमा स्थापना भई समाजिक हितका लागी अखा उपचार शिबिर,स्वास्थय शिबिर,क्यान्सर शिक्षा र वातावरणको क्षेत्रमा उई सर्भको भवना बोकी काम गरि रहेका छन्। लहान नगरपालिकाको २४ वाडा अन्तर्गत रहेका निजि तथा सामुदायिक बिधालय भित्र र सडकको पेटीमा पिपल,बर, अमला,निम,रुद्राक्ष लगायतका बिरुवाहरु लगाउने क्लवका सचिब श्यामसुन्दर साहले जानकारी दिनु भयो।

No description available.

संस्थाको पदाअधिकारीहरुमा प्रथम डाईरेकटर राजा बाबू साह, दोश्रो शंकर प्रसाद गुप्ता,तेस्रो कासिन्द्र यादव राम प्रमोद यादव,डा.रितेश गिरी,अध्यक्ष राकेश झा,डा. शुशान्त कुमार स्वतन्त्र, कोषा अध्यक्ष मनिष सारडा,उपेन्द्र प्रसाद यादव,बिजय कुमार यादव,सहसचिब गंगा प्रसाद यादव लगायत २७ जना सदस्य रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१