Siraha Times
ताजा समाचार

विद्यापति सडक मार्गको सहमती भेला सम्पन्न

  • भदौ १५, २०७९
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्भु चौधरी भदाै १५ । सिरहाको धनगढीमाईको छपराडी बजारदेखि नर्गी विद्यापति लोकमार्गको विस्तार भेला सहमतिका बीच सम्पन्न भएका छन् । धनगढीमाई नगरपालिकाको वडा नं १ बाखैर प्रावि विद्यालय परिसरमा वडा अध्यक्ष सुर्य नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा करिब ३९० जना स्थानिय गाउँलेहरुको उपस्थितिमा पूर्व पश्चिम राजमार्गको अर्थात् महेन्द्र राजमार्गसँग मध्य हुलाकी राजमार्गसँग जोड्नका लागि मुख्य सडकको रूपमा रहेको छापराडी नर्गि सडक विस्तारको लागि सम्बन्धित मन्त्रालयको आदेश बमोजिम करिब सडकको दायाँ बायाँ ५० फिट विस्तारको नीति रहेतापनि स्थानिसंग ४० फिटको सडक विस्तार गर्ने सहमति भएको छ । कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो, लक्ष्मीपुर गाउँपालिकाका प्रमुख चतुरानन्द ठाकुर समेत सहभागी भएको थियो । सडक विस्तारले पूर्व पश्चिम राजमार्गको पहुँचमा उत्तर दक्षिणको जनतालाई सहज हुने वडा अध्यक्ष सूर्यनारायण यादवले बताउनु भयाे । सडक विस्तार पछि स्थानिय छापराडी बजार नगरपालिकाको मुख्य भारतसँगको नाका हुनसक्ने कतिपयको बुझाई रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१