Siraha Times
ताजा समाचार

धरानबाट गोरु काट्दै गर्दा १० जना रंगे हात पक्राउ

  • मंसिर २८, २०७५
  • १७९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मङि्सर २८ । गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई आज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानले विहान ४ः३० बजेको समयमा धरान –१७ स्थित बिद्याटोलमा गोरु काटिरहेको अवस्थामा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गीलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।


उक्त स्थानबाट गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको जस्तो देखिने सिंगसहितको टाउको २ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई शुक्रबा नै जिल्ला अदालतमा म्याद थप गरि पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान भई शुरु गरिएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१