Siraha Times
ताजा समाचार

लहान : हतियार सहित दुई युबक पक्राउ

  • मंसिर २२, २०७५
  • २०२८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २२ मंसिर । हतियार र लागुऔषध सहित प्रहरीले सिरहाको लहानबाट दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय लहानबाट आज विहान खटिएको प्रहरी टोलीले हतियार र लागुऔषध सहित लहान नगरपालिका ४ बस्ने रंजित यादव र ५ बस्ने रामचन्द्र पासवानलाई पक्राउ गरेको हो । 
गोप्य सुचनाको आधारमा लहान नगरपालिका ४ स्थित रंजित यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाईछिपाई राखिएको अवस्थामा केएफ ८ एमएम लेखिएको २ थान पेस्तोल, ३०३ राइफलको गोली १ राउण्ड बरामद भएको छ । त्यसैगरी, प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल, फेनार्गन ६ एम्पुल , लुपिजेसिक २ एम्पुल, सिरिन्ज ८ थान, नाइट्रोभेट ५ थान डाइलेक्स डिसी १ बोतल लगायतका लागुऔषध समेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१