Siraha Times
ताजा समाचार

मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न

  • मंसिर १४, २०७५
  • ७५१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १४ मंसिर । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा आज (शुक्रबार) भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । सिरहाको मिर्चैया लगायतका स्थानहरुमा रगतको अभाबले रोगीहरुको ज्यान गुमाउनु परिरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । रेडियो धड्कनबाट अहिले सम्म २ सय जनाभन्दा बढी बिरामीहरुलाई आबश्यक्ता भएको बेला रगत उपलब्ध गराउन भनी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए ।
 
नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेका बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ । 
रक्तदान गर्नेहरुमा रेडियोका प्रबन्ध निर्देशक अंजय कुमार साह, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, ईन्जिनियर राजेश कुमार साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी रहेका छन् । त्यसैगरी, धनन्जय महतो, बिजय महतो, बिपिन कुमार साह, बिनोद कुमार महरा, अनरुद नायक, मुकेश कुमार यादब, राम नारायण पंडित, सुधिर साह, रंजय महरा, मोहन साह सोनार, बिष्णु कुमार चौधरी, जिबछ कुमार यादब, रमेश कुमार साह, संजिप कुमार साह, अनिल कुमार झा, जितेन्द्र कुमार साह, सुजन पोखरेल, ममता साह, रबिन्द्र यादब, राजन पोखरेल, प्रकाश कुमार साह, संतोष कुमार साह, श्रीराम महरा र दिनेश साहले रक्तदान गरेका छन् । 
रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१