Siraha Times
ताजा समाचार

मन्दिर बनाउँन सँघर्ष समिति आन्दोलित

  • कार्तिक २८, २०७५
  • ६४५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

रिँकु दास लहान, २७ कात्तिक । लहान २० स्थित रहेको हनुमान मन्दिर भत्काउँदा स्थानीयहरु आक्रोशित भएका छन् । मन्दिर पूनः निर्माण तथा क्षतिपूर्तीको माग गर्दै सुशिलचन्द अधिकारीको सँयोजकत्वमा सँघर्ष समिति बनाएर उनीहरु आन्दोलन उत्रिएका छन् । मन्दिर बाटोमा निर्माण भएको भन्दै कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको नेतृत्वमा हनुमान मन्दिर भत्काएका थिए । लहान नगरपालिका र सँघर्ष समितिको सहमतिमा कात्तिक २५ गतेभित्र यसको विकल्प खोज्ने सहमति भएको थियो । तर, लहान नगरपालिका वडा कार्यालयले सहमति भँग गरेको भन्दै आज पत्रकार सम्मेलन गरि आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सँघर्ष समितिले कात्तिक २६ गते पत्रकार सम्मेलन गरेको छ भने कात्तिक ३० गते शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ । मंसिर २ गते वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्ने सँघर्षको कार्यक्रम घोषणा गरेको छ । कात्तिक ३ गते विहान पहिलो दिन ३ घण्टा र समय थप्दै जाने र त्यसपछि आमरण अनसन बस्ने जारी विज्ञप्तीमा उल्लेख गरेको छ । उता, एक स्रोतका अनुसार लहान वडा नम्बर २० ले सार्वजनिक मन्दिर निर्माण गर्न तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१