Siraha Times
ताजा समाचार

दलित बस्तीको हनुमान मन्दिर वडाध्यक्ष चौधरीको निर्देशनमा भत्काईयो

  • कार्तिक १७, २०७५
  • ७५१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १७ कात्तिक । लहान नगरपालिका वडा २० बह्मान गोर्छारी स्थित रहेको दलित वस्तीमा निर्मित हनुमान मन्दिर भत्काइएको छ । मन्दिरभित्र रहेको हनुमानको प्रतिमासमेत लहान नगरपालिकाको जिसिबीले भत्काइएको छ । हिन्दुहरुको आस्था रहेको हनुमान मन्दिर दलित बस्तीमा रवी दासले १५ बर्ष अघि नै शिलान्यास गरेका थिए । यसलाई निरन्तरन्ता दिँदै उनका शिष्य खुशीलाल दासले ६ महिना अगाडि तयारी गरी पुजापाठ् गरिरहेका थिए । कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको निर्देशनमा साँझ ५ बजेतीर मन्दिरसहित हनुमानको प्रतिमा भत्काइदिएका छन् ।

स्थानीयका अनुसार वडाध्यक्ष चौधरी बौद्ध धर्म मान्दै आएकोले हिन्दुहरुको आस्था रहेको हनुमानसहितको मन्दिर भत्काएको हुनसक्छन् । तर, यसको पुष्ठि भएको छैन । मन्दिर भत्काउँन वडा नम्बर २१ का अध्यक्ष हेमन्त यादव समेत जोरजर्बजस्त गरेका थिए । मन्दिर निर्माता खुशीलाल दासले भने ‘निर्माण गर्नको लागि वडाध्यक्ष गणेशजीसँग चन्दा माग गरेका थिए । उनले एक लाख त दिन मिल्दैन थौरबहुत सहयोग हुन्छ । तपाई मन्दिर बनाउँनुस् । तर, कसको निर्देशनमा वडाध्यक्ष चौधरीले नै आज मन्दिर भत्काईयो ? जहाँ निर्माण विकासको लागि जनप्रतिनिधिहरु सक्रिय हुनुपर्ने । यहाँ त बनेको मन्दिर भत्काएर विकास विरोधीको प्रमाणित गरेको छ वडाध्यक्ष गणेश चौधरी ।

खुशीलाल दासले गाउँ गाउँबाट चन्दा उठाएर करिब ७ लाख बराबरको मन्दिर बनाएको थियो । हिन्दुहरुको अस्थाप्रति ठेस पुर्याउँने काम गरेको भन्दै हिन्दु परिषद्ले चासो देखाएको छ । मन्दिर भत्काउँन लाग्दा स्थानीयहरुले रोकेका थिए । तर, नगर प्रहरी र वडाध्यक्ष चौधरीले बलपूर्वक हनुमानको प्रतिमासहितको मन्दिर भत्काउँदै स्थानीयलाई गालीगलौज गरेका छन् । उता, वडा २० कार्यालयका अनुसार बाटो फराकिलो गर्ने काम रहेकोले मन्दिर भत्काएको हो । मन्दिर सार्वजनिक जग्गामा रहेकोले वडाले आफ्नो अधिनमा व्यवस्थापन गर्न मन्दिर भत्काउँनु परेको दावी गरेका छन् ।

जहाँ मन्दिरसम्म बाटोको कुनै पकड नरहेको र कम्पाउन्ड मात्रै बाटोमा पर्ने स्थिति रहेको छ । मन्दिर भत्काएपछि खुशीलालले न्याय पाउँन जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । जिल्ला प्रशासनले लहान नगरपालिकासँग के कति कारण मन्दिर भत्काइएको हो भनी पत्राचार गरेको जानकारीमा आएको छ । मन्दिर निर्माणको लागि नक्शा समेत नबनाएको हो । नगरक्षेत्रमा पक्की निर्माणको लागि नक्शा बनाउँनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१