ताजा समाचार

भारतीय अभिनेता ऋषि कुपुरकी अामाकाे निधन

  • असोज १५, २०७५
  • १०३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान चार बजेतिर निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन्। उनी कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। कृष्णाका पाँच सन्तान रणधीर,ऋषी, राजीव, रीमा र रितु छन्। उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो । उनी पछिल्लो समय पनि पारिवारिक तथा चलचित्रका प्रिमियरमा सहभागी हुने गरेकी थिइन्। केही समयअघि उनी छोरा ऋषि कपूरको वर्थ डे मनाउन पेरिस गएकी थिइन् । राज कपूरको सन् १९८८ मा निधन भएको थियो।  कृष्णाको निधनमा बलिउडका कलाकारले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤