शिक्षक विकाउप्रति श्रद्धाञ्जली, पठ्नपाठ्न बन्द

  • असोज ७, २०७५
  • ८३८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ६ असोज । सिरहा जिल्ला स्थित रहेको शिक्षकहरु युनियन तथा पेशाकर्मीहरुले आईतवारको पठ्नपाठन बन्द गर्ने निर्णय गरेको छ । उनीहरुले सिरहाको वरियारपटी ४ का आ.वि.सोहपुरको अवकास प्राप्त प्रध्यानाध्यापक तथा ने.शि.मं.सिरहाका भूपु जिल्ला अध्यक्ष विकाउ यादवको असामायिक निधन भएको भन्दै शोक संदेश मनाउंन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
असोज ५ गते मोटरसाईकल दुर्घटनामा असामायिक निधन भएकोले मृत्त आत्माको चीर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना समेत गरेको छ । यो संगै असोज ७ गते आइतवारका दिन यस सिरहाका सम्पूर्ण विद्यालयहरुको पठ्नपाठ्न स्थगित गरि शोक मनाउन हुन समेत शिक्षकहरु युनियनले अनुरोध गरेको छ । समवेदना दिंदै विद्यालय पठ्न पाठ्न बन्द गर्न राष्ट्रिय शिक्षक संघलगायत दर्जनौ संघ संगठनले आईतवार विदा दिन निर्णय गरेको छ । यसैगरी, नेवि संघका उपाध्यक्ष जसकरण दास, प्रअ रामप्रताप यादव मावि छजना, मनोजकुमार झा अध्यक्ष राष्ट्रिय शिक्षक संघ, विनोद कुमार सिंह अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक परिषद्, विरझन यादव प्रअ मावि वरियारपटी, अरविन्द दास अध्यक्ष नेशि संघ, सियाराम यादव अध्यक्ष राष्ट्रिय शिक्षक संघ, सुधा चौधरी प्रदेश उपाध्यक्ष नेशि संघ, विभा ठाकुर प्रअ, फुलगेन्द मण्डल नेशि संघ, महावीर यादव नेशि संघ सुखिपुर,अशोककुमार यादव नेशि संघलगायतले समवेदना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१