Siraha Times
ताजा समाचार

पशुपति माविको स्टल काण्ड उत्तेजित हुँदै, ठगीविरुद्ध प्रदर्शन

  • मंसिर २२, २०७८
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान २० मंसिर । पशुपति आदर्श उच्च मावि लहानले ठगी गरेको भन्दै व्यापारीहरुले आज जुलुस प्रदर्शन गरेको छ । पशुपति माविका व्यावस्थापक समितिका पूर्व अध्यक्षद्धय तथा साँसद पद्मनारायण चौधरी र प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत व्यापारीहरुबाट करिब दूई करोड रुपैयाँ लिएको थियो । तत्कालिन प्रअ प्रमेश्वर राय र हालका प्रअ डा.महेन्द्र चौधरीलगायतले व्यापारीहरुबाट रकम बुझेको हो । व्यापारीहरुले विद्यालयको खात्तामा रकम दिएको भएपनि आज ९ बर्ष वितिसक्दा समेत स्टल निर्माण नगरिएकोले उनीहरु आन्दोलित छन् । घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले ऋण लिएर व्यापार व्यावसाय गर्छु भनेर विद्यालयलाई पैसा दिए । आज पैसा दिएको ९ बर्ष वित्यो । हालसम्म स्टल निर्माण नगरिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएका छौ । व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन् । उठाएको रकम हिनामिना भएको स्रोतको दावी छ । संयोजक दासले थपे हाम्रो करोडौ ठगी गरेको छ । न्यायको लागि प्रहरीमा जाँदा ठगहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाएदिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको छ । आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म अब सडकबाट नफर्किने बताएका छन् । उनीहरुले आज जुलुस प्रदर्शन गर्दै सहिद चौकमा कोणसभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१