Siraha Times
ताजा समाचार

स्टोल निर्माणका लागि २ करोड भन्दा बढी स्वाह गर्नेहरु माथि कर्वाहीको मांग

  • मंसिर २०, २०७८
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, मंसिर । सिरहा जिल्लाको लहान नगरपालिका वार्ड नं.७ मा रहेको श्री पशुपति आदर्श मा.वि. मटिअर्वा अन्र्तगत रहेको विधालय स्टोल निर्माणका लागि व्यपारीहरुले व्यपार गर्न ऋणकर्जा गरेर अग्रिम नगद दुई लाख देखि पाँचलाख छ लाख सम्म पैसा यो स्कुलालाई बुझाएको आज ९ वर्ष भन्दा वढी भए पनि हाल सम्म स्टोल निर्माण भएको छैन । अग्रिम रुपैया जम्मा गरेका भोचरहरु प्रमाण भएकोले अनियमितता गरेको प्र.अ.तथा स्कुल पक्षलाई कर्वाही हुनुपर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पिडितहरुले पटक–पटक सम्वन्धित निकायलाई खटखटाउँदा पिडितहरुलाई अनेकौ बहाना गरेर टार्दै आएको छ । पिडितहरु कहिले अदालतमा मुद्या गर्छ भने कहिले प्रहरी प्रशासन र समाजिक संजालमा आफना समस्याहरु सुनाउँछ तर हालसम्म नस्टोल पाए नअग्रिम तिरेको रुपैया यसरी समाजमा अपराधीको क्रियाकलाप गर्नेलाई कडाकर्वाही किन हुनसकेन भने स्टोल पसल जग्गा संघर्ष समितिको संयोजक प्रमोद कुमार दासले पत्रकार सम्मेलन गरी प्रेस बिज्ञाप्ती मार्फत जानकारी गराएको छ । स्टोल निर्माणका लागि अग्रिम २ करोड भन्दा वढी बिधालयको खाता र विधालयको प्रशासनमा बुझाएको रकम हिनामिना गरी २ करोड रकम स्वाह गर्नेहरु मध्य ५ जना माथि ठगी मुद्या दर्ता भैसकेपनि छानवीन तथा कर्वाही नगरेको आपती छ निजहरुलाई यथाशिघ्र कर्वाही माग गर्दै स्टोल निर्माणको लागि संघर्ष समितिले मंसिर २१ गते नारा जुलुश तथा कोणसभा गर्ने, २२ गते लहान नगरपालिका, प्रशासन, प्रहरी कार्यालयलाई ध्यानाकर्षण, २८ गते कालो झण्डा प्रदर्शन र मंसिर २९ गते जग्गा उपयोग गर्न तयारी गर्ने बुन्दाहरु प्रेस बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१