Siraha Times
ताजा समाचार

‘मदिरालाई लागुऔषधको रुपमा राखौं’

  • भदौ ६, २०७५
  • ९२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ५ साउन । मदिराले सुरक्षा र न्यायलाई प्रभावित बनाउंने काम गरेको भन्दै सिरहा नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका प्रमुख डा.नमिता यादवले ‘मदिरा निषेधित गर्न आजैबाट संजाल गठन गरौ ’बताउंनुभयो । सर्च फर कमन ग्राउण्डको सहयोग र नेपाल पत्रकार महासंघ सिरहाको आयोजनामा आज सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रममा उपमेयर यादवले ‘विप्पन तथा सिमान्तकृत समुदायमा घरेलु मदिराले महिला पीडित हुंदै आएको छ ।’ ‘यसप्रति संचारकर्मी र प्रहरीको सक्रियताको खाचो छ ।’‘यसैले आजै संजाल गठन गरेर अभियानमा जुट्नुपर्ने जरुरी रहेको’ बताउंनुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले मदिरालाई लागुऔषधको केटोगोरीको रुपमा राख्नुपर्छ । यसले घरेलु हिंसा बढी रहेको छ । एक त महिला यातना दिने सोसाइटी छ, यहां बताउंनुभयो । डिएसपी खरलले यस्ता मदिरा सेवनले न्यूनिकरण गर्न सडक नाटक, गोष्ठी सेमिनारलगायत विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने जरुरी रहेको बताउंनुभयो । कार्यक्रममा सिरहा अदालतका श्रेस्तदार नरेन्द्र श्रेष्ठले सिमान्तकृत समुदायको लागि निशुल्क सेवाहरुवारे जानकारी दिनुभएका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादव, वार एसोसियनका सचिव विरेन्द्रकुमार कर्ण, हर्कोडेकका अध्यक्ष विरेन्द्र सिंह, महिला संजालकी जीवछी यादव, दलित जनकल्याण युवा क्लबका उमेश विसुन्केलगायतले नयां लागु गरिएका कानुनले काम गर्न समस्या, न्यायलयका कामकाज मंहगो, करबृद्धिलगायको विषयमा चर्चा गर्नुभएका थिए । कार्यक्रम सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता र सर्च फर कमन ग्राउन्डका शरमलाल चौधरीले गर्नुभएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१