Siraha Times
ताजा समाचार

नजबुललाई बेटी सम्मेलनको नशा

  • भदौ ३, २०७५
  • ९९९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २ भदौ । आसन, भाषण र शासनमा महिलालाई अग्रसर गर्नुपर्ने आवाज उठाउंदै अभियानमा लागेकी मुलधार महिला सेवा (मासवेस) उदयपुर नजबुल खानले प्रदेश २ मा जनप्रतिनिधिहरुलाई भेट्न थालेको छ । नजबुललाई यत्तिबेला बेटी सम्मेलन गर्न नशा जागेको छ । लैङ्गिक समानता र समावेशी अधिकारका लागि राष्ट्रिय अभियान, आसनमा महिला, भाषणमा महिला अनि शासनमा महिला, शिक्षा र महिला सहभागिता भन्ने मूल नाराका साथ मासवेसका नजबुल खानका टिम स्थानीय तहका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुलाई भेट्दै महिला अधिकारको लागि आवाज उठाउंदै आएको छ । मासवेसका अध्यक्ष समेत रहेका नजबुला खान (निलम) लगायतका समुहले अधिकारमुखी सवाललाई राष्ट्रिय स्तरसम्म पुर्याउंन ‘नोट अफ डिसेन्ट’ जस्ता राष्ट्रिय मुद्दालाई अधिकारमुखी सवालको रुपमा अगाडि बढाईरहेको छ । महिला समावेशी र समानुपातिको लागि भदौ २ गते राजविराज नगरपालिकाका मेयर शम्भुकुमार यादव र उपमेयर साधना झासंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा नजबुल टिमले लैङ्गकि समानता र समाबेशी अधिकारका लागि प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्बन्धमा छलफल गरेका छन् । महिला अधिकारको लागि यो टिम आज लहान हुंदै काठमाण्डौ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१