Siraha Times
ताजा समाचार

मिर्चैयाः दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा (फोटोफिचर)

  • साउन २७, २०७५
  • १७०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २७  साउन । सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । 
मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतनाका लागि  चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 
अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । 
सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१